बेलहिया-बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाको कार्यालय खारेज « Khabarhub

बेलहिया-बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाको कार्यालय खारेज


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बुटवल– सडक विस्तारको काम पुरा नहुँदै बेलहिया-बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाको कार्यालय खारेज भएको छ। 

बुटवलदेखि बेलहियासम्म ६ लेन सडक बिस्तार गर्नेगरी १० वर्षअघि आयोजनाको कार्यालय स्थापना भएको थियो । तर आयोजनाले अहिलेसम्म बुटवलको राजमार्ग चौराहादेखि बेलहिया सम्म २४ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ भने चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक दुई  वर्षदेखि अलपत्र छ ।

त्यस्तै बेलहियाको ७०० मिटर सडक निर्माण पनि अलपत्र छ । सडक निर्माण नसकिँदै आयोजनाको कार्यालय खारेज भएपछि निर्माणको काम अझै अलपत्र पर्ने अवस्था देखिएको छ । आयोजनाको काम डिभिजन सडक कार्यालय बुटवलले  हेर्नेगरी कार्यालय खारेज भएको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।

चौतर्फी दबाबकाबीच केही दिन काम गरेको बुटवलको अस्पताल लाइन क्षेत्रमा एकतर्फी बनाएर ठेकेदार सम्पर्क विहीन भएपछि सडक प्रयोगकर्ताहरूलाई सास्ती भएको छ । सबैभन्दा बढी सवारी साधनको चाप हुने लुम्बिनी बस टर्मिनल देखि ट्राफिक चोकसम्मको करिब ५०० मिटर सडक एकतर्फी बनाएर ठेकेदार हिँडेपछि उक्त क्षेत्र अस्तव्यस्त छ ।

पछिल्लो समय सडक पिच गर्ने भन्दै बुटवल बसपार्कदेखि ट्राफिक चोक पश्चिमतर्फको सडक झण्डै एकमहिना देखि बन्द गरिएको छ । पूर्वतर्फको सडकमा मात्रै दुईतर्फी चल्ने सवारी साधन सञ्चालन हुँदा सडकमा सवारी साधनको चाप हुने कार्यालय समयमा घण्टौंसम्म सवारी साधनको बाक्लो भिड लाग्ने गरेको छ ।

साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ साल चैत १७ गते ठेक्का सम्झौता गरिएको सडकमा ६ वर्षमा बल्ल ३० प्रतिशत मात्रै काम भएको छ । समयमा काम सम्पन्न नहुँदा सडकमा परेका खाडलमा वर्षाको पानी जम्मा भएर सडक झनै अस्तव्यस्त बनेको छ ।

गत असार ३० गते ठेक्का अवधि सकिएको निर्माण कम्पनी द कञ्चनजङ्घा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का अवधि थप गर्न केही दिन निर्माण कार्य अगाडि बढाएजस्तो देखाए पनि अहिले निर्माणको काम ठप्प छ ।

आयोजनाको कार्यालय खारेज भएको पत्र भने अहिलेसम्म नआएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख होम एसीले जानकारी दिए । ‘खारेज भएको भन्ने सुनेको छु, तर पत्र आइसकेको छै,’ उनले भने ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले विगतमा सडकको क्षेत्राधिकार मिचेर बनाएका घर लगायतका संरचना हटाउन खोज्दा सडक क्षेत्राधिकार मिच्नेलाई बोक्दै काठमाडौं पुगेर राजनीतिक र अदालतको ढोका ढकढक्याउने कामको अगुवाइ गरेका थिए ।

तर अहिले पाण्डेले स्थानीय तहको निर्वाचन लड्दै गर्दा आफू विजयी भए ६ महिनाभित्र सडक निर्माण पूरा गर्ने बताएका थिए । तर अहिले भने उनले सडक  बिस्तारमा ढिलाइ भएकोमा आफू निकै चिन्तित भएको बताए ।

बुटवल–बेलहिया सडक आयोजनाको जिम्मेवारी सम्हालेका सडक डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख जयलाल मरासिनी सडक क्षेत्राधिकार खाली गर्न अहोरात्र खटिँदा सार्वजनिक रूपमा अपमानित गरिएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ०९ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि