राष्ट्रिय आविष्कार केन्द्रलाई ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान « Khabarhub

राष्ट्रिय आविष्कार केन्द्रलाई ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेसनद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच महावीर पुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

शिक्षा मन्त्री देवेन्द्र पौडेल लगायतले पुनलाई उक्त पुरस्कार हस्तान्तरण गरे । कार्यक्रममा मन्त्री पौडेलले नेपालमा अनुसन्धानका काममा कसैलाई चासो भएको नपाइएको बताए । आविश्कार र अनुसन्धानमा महावीर पुनले खेलको भूमिकालाई सबैले सकारात्मक रुपमा लिएको उनले बताए । मन्त्री पौडेलले असोज १ गते सरकारले विज्ञान दिवस पनि मनाउन लागेको जानकारी दिए ।

नेपालमा नाष्ट भन्ने संस्था रहेको र दिनहुँ छलफल हुने गरेपनि अनुसन्धानको क्षेत्रमा चासो देखिएको उनले बताए । पुरस्कार ग्रहण गर्दै पुनले उनले आविष्कार केन्द्रको शुभारम्भ मात्रै आफूले गर्न खोजेको भन्दै नेपालमा धेरै आविष्कार क्षेत्र विकास गर्नुपर्ने बताए । नेपाल गरिब भएकै कारण युवाहरू विदेशिन बाध्य भएको र उद्योगी व्यवसायीहरूले नै रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताए ।

उनले नेपालका आफ्नो आविष्कार केन्द्रबाट तिव्रतर रुपमा काम हुन सके अरु देशको दाँजोमा कहिल्यै पछि नपर्ने धारणा राखे । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई/दुई वर्षमा प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : २० बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि