अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्छ : शिक्षामन्त्री « Khabarhub

 अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्छ : शिक्षामन्त्री


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको आर्थिक विकासका लागि अनुसन्धान केन्द्रलाई देशभर विस्तार गर्नुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले स्थापना गरेको एक करोड राशिको ‘भवन–कीर्तिरत्न’ सम्मान कार्यक्रममा उनले युवा वैज्ञानिकलाई अनुसन्धानमा प्रोत्साहन गर्नुपर्ने बताए । ‘उद्यमशीलता विकासका लागि अविष्कार केन्द्र खोल्नुपर्छ, अनुसन्धान केन्द्र खोलेमात्र उद्यमशीलताको विकास भई देश आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्छ’, उनले भने । उनले सरकारले अनुसन्धानका लागि नाष्टको स्थापना गरे पनि उक्त संस्थाले आविष्कारको क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको गुनासो गरे ।

मन्त्री पौडेलले धेरै सुन्दर मुलुक नेपालमा पर्यटनमार्फत आर्थिक विकास गर्न सकिने बताए । ‘नेपालको प्रकृति र पर्यटनलाई कसैले किन्न सक्दैन, यस क्षेत्रको भरपुर प्रयोग गरी देशले लाभ लिनुपर्छ’, उनले भने । उनले नेपालमा लगानी भित्र्याउन एनआरएनएलाई आग्रहसमेत गरे ।

ओशो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले विदेशमा कमाएको रकम नेपालमा लगानी गरेर भट्टले पुण्य काम गरेको बताए । ‘देशको आर्थिक विकासका लागि उद्यमशीलता आवश्यक ‘, उनले भने। स्वामी अरुणले आफूहरूले देशका ७७ वटै जिल्लामा योग र ध्यानको आविष्कार केन्द्र स्थापना गर्न लागेको जानकारी दिए ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुसन्धानबिना उद्यमी बन्न नसकिने बताए । अनुसन्धानको क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने उनको भनाइ थियो । ‘नेपालको अर्थतन्त्र सुधार्ने काम उद्यमीको हो, उद्यमी निर्माण गर्नका लागि अनुसन्धानको खाँचो छ, देशमा एउटा अनुसन्धानले मात्र पुग्दैन, धेरै अनुसन्धान केन्द्र खोल्नुपर्छ’, उनले भने।

अध्यक्ष पुनले रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमा उद्यमी बनाई रोजगारी प्रदान गर्ने हेतुले आविष्कार केन्द्र स्थापना गरिएको बताए । ‘अनुसन्धान भनेको जटिल कुरा हो, अहिले हामीले प्राथमिक तहको अनुसन्धान गरिरहेका छौँ’, उनले भने।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भट्टले संघको १० औँ सम्मेलनमा घोषणा गरेअनुसार उक्त पुरस्कार वितरण गरिएको बताए । उनले समाज परिवर्तन गर्नका लागि अगाडि बढेका व्यक्ति तथा संस्थालाई ‘भवन-कीर्ति रत्न’ प्रदान गर्दै जाने उल्लेख गरे ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ४७ बजे

भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस मनाइँदै

काठमाडौँ– आज भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । यो दिवस

काठमाडौँमा शासन गरेका यलम्बरको सालिक राजधानी बाहिर किन ?

नेपालको राजनीतिक इतिहासमा प्रारम्भिक चरणका धेरै ऐतिहासिक विवरणहरु अझै पनि

सञ्चारमन्त्रीको एक महिना : ११ हजार सट्टेबाजी एप बन्द

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको १०० बुँदे

कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौँ– सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याउने

ओमानविरुद्ध पहिला बलिङ गर्दै नेपाल, गुल्सन झा प्लेइङ–११ मा

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत अहिले जारी हुने खेलमा