डुम्रे–बेँसीशहर सडकको पहिराले सास्ती « Khabarhub

डुम्रे–बेँसीशहर सडकको पहिराले सास्ती


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- हिमाली जिल्ला मनाङ कहिले बाढी र पहिरोको चपेटामा पर्छ त कहिले छिमेकी जिल्लाको मारमा पर्दै आएको छ । दसैँ नजिकिँदै गर्दा जिल्ला फर्किने मनाङवासीलाई सकसको यात्रा झेल्नुपर्ने भएको छ ।

गत वर्ष बाढीपहिरोको मारमा परेको मनाङले यस वर्ष छिमेकी जिल्ला लमजुङको सडकको मार खेप्नुपर्ने भएको छ । मनाङ आउने तथा लमजुङको सदरमुकाम बेँसीसहर आउने एक मात्र सडकको दुरावस्थाले सास्ती खेप्नुपर्ने भएको हो ।

बेँसीसहर नगरपालिका–१ उदिपुरमा केही समयअघि मात्रै ठूलो पहिरो खसेपछि वैकल्पिक सडकमार्फत यात्राको प्रबन्ध मिलाइएको छ । तर यस सडकको दुरावस्थाले लमजुङवासी मात्रै नभएर विकट जिल्ला मनाङवासीको मेरुदण्डको सडकले समस्या थप्दै आएको छ । गत वर्ष नै पहिरोले सडक भासिएपछि हालसम्म मर्मत तथा सम्भार एवं निर्माणको काम शून्य रहेको यस सडकमार्फत हुने यात्रामा प्रस्ट देखिन्छ ।

उक्त सडक खण्डको दुरावस्था मर्मतसम्भार गर्नुको साटो सडकसँग सम्बन्धित निकाय भने मूकदर्शक भएर बसेको लमजुङका स्थानीयवासी बताउँछन् । सदरमुकाम पुग्न यस सडकमार्फत यात्रा गर्दा ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपरेको स्थानीयवासीको भनाइ छ । यता डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले दुरावस्थामा यात्रा गरिरहेको भए पनि असोजदेखि मात्रै काम हुने जनाउँदै आएको छ ।

दुई जिल्लाको मेरुदण्डको सडक नै समयमा निर्माण हुन नसक्दा सर्वसाधारणलाई सदरमुकाम पुगेर काम गर्नसमेत लामो समय खर्चिनुपरेको स्थानीयवासी बताउँछन् । यस सडकमार्फत नै मनाङमा उत्पादित स्याउलगायत विभिन्न व्यापारिक कार्य गर्नुपर्ने हुन्छ । तर सडकको दुरावस्थाले सकस भएको मनाङका स्याउ कृषक बताउँछन् ।

यति बेला जिल्लामा उत्पादित स्याउ बजारमा पु¥याउने तथा पर्यटक आउने अनुकूल समय भएको छ । तर सडकको दुरावस्थाले कोभिड–१९ सङ्क्रमण न्यूनीकरणपछि पर्यटक आउने अवसरलाई सकस बनाएको मनाङवासी बताउँछन् ।

 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : २३ बजे

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि

भरूवा बन्दुक बनाउन प्रयोग हुने सामाग्रीहरू बरामद

स्याङ्जा– वालिङ नगरपालिका-१२ कोखेबाट भरूवा बन्दुकको आकारमा काठ तथा फलाम