ड्रागनफ्रुट खेतीबाट मनग्य आम्दानी गर्दै कृषक | Khabarhub Khabarhub

ड्रागनफ्रुट खेतीबाट मनग्य आम्दानी गर्दै कृषक


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेकी छन्, झापाको मेचीनगर नगरपालिका–१० की भावना अधिकारी । बाँझो रहेको जग्गामा ड्रागनफ्रुट खेतीमा लागेकी उनलाई यतिबेला भ्याइनभ्याई छ ।

श्रीमान् प्रहरीको जागिरको सिलसिलामा घरबाहिर हुनुहुन्छ तर उनकै सहयोग र सुझावमा यो पेसामा लागेको उनी बताउँछिन् । अधिकारीले दुई वर्षअघि दुई बिघा क्षेत्रफलमा ड्रागनफ्रुट लाउन सुरु गरेकी हुन् । ठूलो चुनैती मोलेर रु एक करोडको लगानीमा फार्म सञ्चालनमा गरेकी थिइन्। विसं २०७७ मा प्याराडाइज एग्रोफार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गरेकी उनले एक वर्षमै बिरुवा बेचेर राम्रै आम्दानी गरेकी छिन्।

उनले सुरुमा चार हजार ड्रागनफ्रुट बिरुवा भारतको हैदरावादबाट ल्याएर सुरु गरेकी थिइन् । यतिखेर राम्रै उत्पादन दिएको छ । अधिकारीको फार्ममा सायमा रेड सी प्रजाति (रातो फल) को ड्रागनफ्रुट लटरम्मै फलेको छ । दुई वर्षअगाडि सुरु गरिएको व्यवसायले यति छिटो आम्दानी देला भन्ने उनले सोचेकै थिइनन् । अधिकारीले कृषिमा कुनै तालिम नलिएको भन्दै आफैँले गुगल सर्च गरेर खेती सुरु गरेको बताईन् । पानी नजम्ने बलौटे माटो चाहिने रहेछ । वैशाखदेखि सुरु भएर कात्तिकसम्म फल दिने उनले बताईन् ।

ड्रागनखेतीले दोस्रो वर्षदेखि आम्दानी दिन सुरु गरेको थियो । एक पोलबाट वार्षिक ५० केजी फल फल्ने अधिकारीको भनाइ छ । स्वादिलो तथा पोषिलो यो फलको यतिबेला बजारममा राम्रै माग छ । वार्षिक ठूलो सङ्ख्यामा बाहिरबाट आयात हुने ड्रागनफ्रुट नेपालका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुन थालेको छ । अधिकारीले यो याममा मात्र छ हजार केजी फल र २० हजार बिरुवा बेच्नुभएको छ । बजारमा ड्रागनफ्रुटको फलको प्रतिकेजी रु सात सय ५० पर्छ भने बिरुवाको रु दुई सय ५० पर्ने गरेको छ ।

दैनिक छ कामदारसँगै बारीमा ड्रागनफ्रुटको खेतीमा व्यस्त अधिकारीले एउटा बोटमै पाँच केजीसम्म फल दिने गरेको र अझै पाँच हजार केजी फल बेच्ने आशा लिएको बताईन। उनले उत्पादन गरेको फल स्थानीय बजारलगायत इलाम, विराटनगर र काठमाडौँसम्म बिक्री हुने गरेको छ । किसानले यो खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा गर्दै आएका छन् । एकपटक लगानी गर्दा कम्तीमा २५÷२६ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ ।

ड्रागनफ्रुटसँगै भित्रभित्र बुटेखेती गर्न सकिने भएकाले नगदे बालीले विभिन्न जातका माछा, बाख्रापालन, लोकल कुखुरासमेत पाल्नुभएको भएको छ । सानो क्षेत्रफलमा थोरै लगानीबाट पनि यो व्यावसायिक खेती गर्न सकिने भएकाले सहरबजारका मानिसले समेत कौसी र करेसाबारीमा यो फल रोप्दै आएका छन् । कृषकको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि हुने देखिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : ४२ बजे

सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौं – जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट

संसद् पुनर्स्थापनको माग लिएर अदालत गइँदैन: कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई विघटित प्रतिनिधि

पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

जनकपुरधाम – मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च

काठमाडौं उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन्।

अबदेखि वायुसेवा निगमको जहाज डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने

काठमाडौँ- नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले