तनहुँमा दुई लाख ४८ हजार मतदाता | Khabarhub Khabarhub

तनहुँमा दुई लाख ४८ हजार मतदाता


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आगामी मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रदेशको निर्वाचनमा तनहुँबाट दुई लाख ४८ हजार चार सय ९५ मतदाता सहभागी हुँदैछन्।

गत जेठ महिनादेखि यता चार हजार एक सय ५५ नयाँ मतदाता थपिएपछि उक्त सङ्ख्या पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

विसं २०७९ को वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाताले मतदान गरेका थिए।

अस्थायी मतदान केन्द्र

त्यसैगरी आगामी मङ्सिर ४ गते हुन गइरहेको सङ्घीय तथा प्रदेशको निर्वाचनमा मतदान केन्द्र, मतदानस्थलको साथै अस्थायी मतदान केन्द्र रहने छ। सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, कैदीबन्दी र आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि लक्षित गरी अस्थायी मतदान केन्द्र स्थापना गर्न लागेको हो। सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीले सङ्घीय संसद्को समानुपातिक उम्मेदवारलाई मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख ढकालले जानकारी दिए।

अन्यको हकमा भने सङ्घीय र प्रदेश दुवै उम्मेदवारलाई मतदान गर्न पाउने छन्। उनले भने, ‘अस्थायी मतदान केन्द्र निर्धारण गर्न बाँकी रहे पनि यस जिल्लाको हकमा बढीमा तीनदेखि चार वटासम्म हुन सक्छ।’ उक्त निर्वाचनमा यस जिल्लाबाट पुरुष एक लाख १९ हजार छ सय ५० र महिलातर्फ एक लाख २८ हजार आठ सय ४५ जनाले मतदान गर्दै छन्।

आवश्यकताको आधारमा निर्वाचन आयोगलाई अस्थायी मतदान केन्द्रको लागि सिफारिस गरी पठाइनेछ। उनले भने, ‘मतदान गर्नबाट कोही पनि नछुटून भनी आयोगले यस किसिमको कार्य व्यवस्था गरेको छ।’

जिल्लाका ८५ वडामा गरी एक सय ४२ मतदानस्थल र तीन सय पाँच मतदान केन्द्र रहेको उनले जानकारी दिए। तनहुँका दुई निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दलका गरी ५७ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १० : २८ बजे

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा