मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु | Khabarhub Khabarhub

मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको भीमफेदी गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–६ पारीबजार बस्ने ६२ वर्षीय कृष्णबहादुर स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले चिलेर सख्त बनाएकामा  उपचारका क्रममा आज बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको हो । यस्तै भीमफेदी–६ जुरिखेतमा भीरबाट लडेर अर्का एक जनाको मृत्यु भएको छ । 

स्थानीय ३२ वर्षीया समिता रानामगर  बुधबार घरदेखि एक किमी उत्तरतर्फको जङ्गलमा घाँस काट्न गएकामा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । मृतक रानामगरको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  २ : १८ बजे

भूमि आयोग फर्काउनुपर्ने मागसहित एमालेका दुई जनसंगठन सडकमा

काठमाडौँ : सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा

बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको

विपिनबारे राष्ट्रपति : रिहाईको पहल गरेको थिएँ, निधनको खबरले स्तब्ध भएँ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुन

भेपमा सुन तस्करी : पूर्वसभामुख महराको मुद्दामा थुनछेक बहस सकिएन, हिरासतमै फर्काइयो

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराको मुद्दामा थुनछेक