कांग्रेसका क्षेत्रीय सभापति राई पार्टीबाट निष्कासित « Khabarhub

कांग्रेसका क्षेत्रीय सभापति राई पार्टीबाट निष्कासित


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरमा गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थकसहितलाई नेपाली कांग्रेस उदयपुरले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । कांग्रेस क्षेत्रीय सभापति रामकुमार राईसहित पाँचजना नेता तथा कार्यकर्ता कारबाहीमा परेका हुन् ।

कांग्रेसले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बन्ने नेता, तिनका प्रस्तावक र समर्थकलाई पाँच वर्ष निष्कासन गरेको जानकारी दिँदै तततत् जिल्लाबाट तत्काल कारबाही गरी जानकारी गराउन निर्देशन दिएका थिए ।

आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् । कांग्रेस उदयपुरका कार्यवाहक सभापति भीमचन्द्र राईले जारी गरेको विज्ञप्तिअनुसार गठबन्धनविरुद्ध बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार कांग्रेसको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको जनाएका छन् ।

गठबन्धनविरुद्ध कांग्रेस उदयपुरका क्षेत्रीय सभापति रामकुमार राईले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । राईले गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकोले पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेका हुन । उनले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेस केन्द्रीय सर्कुलरबमोजिम निष्कासनमा परेका हुन् ।

तत्कालीन कांग्रेस जिल्ला कार्य समिति सचिवसमेत रहेका राई पार्टीले टिकट नदिएपछि ०७४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावअघि माओवादी प्रवेश गरेका थिए । तर, दुई वर्ष नबित्दै पुन: कांग्रेसमै फर्काएर उनलाई पूर्ववत् जिल्ला सचिवको जिम्मेबारीमा फर्काएपछि पार्टीमै क्रियाशील रहेका थिए । राईको प्रस्ताव र समर्थकमा पार्टीकै क्रियाशील सदस्यहरू लीलाराज अधिकारी र मीनकुमार दाहाल पनि कारबाहीमा परेका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ (क) मा गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने जयप्रसाद सुवेदी र उनका प्रस्तावक भरत कार्कीलाई पनि पाँच वर्षसम्मका लागि पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ३ : ३८ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु