सप्तरीमा नमूना मतदान « Khabarhub

सप्तरीमा नमूना मतदान


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सप्तरी– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि सप्तरीको राजविराजमा आज नमूना मतदान गरिएको छ । बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन सहयोगी समाजले नमूना मतदान गरेको जानकारी दिएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालका कार्यक्रम संयोजक सिमरन शेरचनले विभिन्न जिल्लामा नमूना मतदान र साक्षरता कार्यक्रमअन्तर्गत राजविराजमा कार्यक्रम गरिएको बताए । उनले बदर मत कम गर्न र मतदानको महत्व बुझाउन प्रशिक्षणसँगै ‘नमूना मतदान’ अभ्यास गराएर सहभागीलाई गाउँघरमा सचेतना फैलाउन निर्देशन दिइएको बताए ।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन, मतपत्र पट्याउन र मतपेटिकामा मत खसाल्न सिकाइएको थियो ।

प्रत्येक मतदाताले चारवटा मतपत्रमा आफूले रुचाएको उम्मेदवार र दललाई मत खसाउन सिकेको सहभागी खडक नगरपालिका-६ की नन्दनी चौधरीले बताए । पहिलो हुने निर्वाचित हुनेतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र र समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र गरी चारवटा मतपत्रमा एक-एकवटा चुनाव चिह्नमा मतदान गर्नुपर्ने कुरा सिकेको कञ्चनरुप नगरपालिका-५ का विवेक विकले जानकारी दिए ।

सहजकर्ता सविन बुढाथोकीले प्रतिनिधिसभा र प्रदेशसभाको गठन, मतदानको महत्व, मनोनयन, मतदान र मतगणना प्रक्रिया, सदर र बदर मतका बारेमा प्रशिक्षण दिए । प्रशिक्षणपश्चात प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गराइएको हो ।

नमूना मतदानमा सहभागी ४० जनामध्ये पहिलो हुने निर्वाचित हुने मतदानमा तीन जनाको मत बदर भएको र समानुपातिकमा शतप्रतिशत मत सदर भएको स्थानीय परिचालक रोशन चौधरीले जानकारी दिए । 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ४ : ३७ बजे

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशन अगावै पठनपाठन

तनहुँ– सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१

नेपाली फिल्ममा दशैँ भिडन्तका लागि अहिलेबाटै सितयुद्धको ‘वार्मअप’

काठमाडौं – मेकरहरूबाटै चौथर्फी आक्रमणमा परेकाले गत वर्षको दशैँमा फिल्म

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता

यी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल