सीइआरएफद्वारा नेपालका बाढी प्रभावित समुदायलाई ४० करोड सहयोग  « Khabarhub

सीइआरएफद्वारा नेपालका बाढी प्रभावित समुदायलाई ४० करोड सहयोग 


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघको केन्द्रिय आकस्मिक प्रतिकार्य कोष (सीइआरएफ) ले नेपालका बाढी प्रभावित समुदायलाई ४० कराेड सहयोग ३२ लाख अमेरिकी डलर प्रदान गरेको छ । सीइआरएफले उक्त सहयोग अक्टोबर ७ का दिन नेपाललाई दिएको नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । 

‘कोषबाट प्राप्त उक्त रकमले राष्ट्रसंघीय निकायहरू– विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) र लैंगिक समानता र महिलाको सशक्तीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (युएन वुमन)– लाई पूर्व चेतावनी सन्देशहरु प्रवाह गर्न, नगद र वृहत राहत सामग्रीहरु (खाद्य तथा गैरखाद्य सामग्री, कम इन्धन खपत गर्ने खाना पकाउने उपकरणहरू, सोलर रेडियो, लत्ताकपडा, र कानुनी तथा मनोसामाजिक परामर्श जस्ता सेवाहरु) उपलब्ध गराउन मद्दत पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

यसका अतिरिक्त सरसफाइ, मर्यादित तथा स्वास्थ्य सामग्रीहरु वितरण पनि गरिएको राष्ट्रसंघको कार्यालयले जनाएको छ । 

महिला र सिमान्तीकृत समूहहरुमा विपद्ले पु¥याएको खास प्रकारको असरलाई पहिचान गर्दै उक्त वितरणले प्रतिकार्यका सबै चरणहरुमा उनीहरुका आवश्यकतालाई सम्वोधन गर्न कोशिस गरेको बताइएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ५ : ५६ बजे

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

मध्यरातमा सुधन गुरुङसँगको फोटो राखेर बालेन लेख्छन्– लभ यू, ब्रदर

काठमडौं – सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार