उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्चमा रिट « Khabarhub

उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्चमा रिट


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा रुपन्देही–२ का नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध रिट निवेदन दायर गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै  गुरुङको उम्मेदवारी खारेज गरेको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले आज सो रिट निवेदन दायर गरेका हुन् । 

रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार सो रिट निवेदन दर्ता भएको छ । शुक्रबारका लागि पेशी तोकिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ६ : ४५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको