उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्चमा रिट « Khabarhub

उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्चमा रिट


२७ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा रुपन्देही–२ का नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध रिट निवेदन दायर गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै  गुरुङको उम्मेदवारी खारेज गरेको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले आज सो रिट निवेदन दायर गरेका हुन् । 

रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार सो रिट निवेदन दर्ता भएको छ । शुक्रबारका लागि पेशी तोकिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ६ : ४५ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको