लुम्बिनीबाट ओलम्पिक टर्च पोखरातर्फ | Khabarhub Khabarhub

लुम्बिनीबाट ओलम्पिक टर्च पोखरातर्फ


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ओलम्पिक टर्च र्‍यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गरे ।

मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने सात सदस्यीय सो टोली लुम्बिनीस्थित शान्तिदीपबाट टर्च लिएर शुक्रबार पोखरा पुग्नेछ । खेलाडीहरू बिहीबार बिहान शान्तिदीपबाट जलाइएको टर्च लिएर लुम्बिनीस्थित मुख्य मायादेवी मन्दिर परिसरको परिक्रमा गरी पोखरातर्फ प्रस्थान गरेका छन् । 

सो अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले खेलाडीहरूलाई सफलताको शुभकामना दिए। नेपाल खोखो सङ्घका महासचिवसमेत रहेका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्रभूमि शान्तिदीपबाट लिएर गएको टर्चले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरूमा उत्साह थपिने बताए । 

ओलम्पिक टर्च र्‍यालीका संयोजक मास्केले लुम्बिनी शान्तिदीपबाट लगिएको टर्च पोखराका ओलम्पियनहरूमाझ  पुर्‍याएर ऊर्जा थप्ने विश्वास व्यक्त गरे । 

खेलाडीहरूलाई लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुरातत्व शाखा प्रमुख हिमाल उप्रेती तथा लुम्बिनीका पर्यटन व्यवसायीहरूले खादा ओढाएर स्वागतसहित सफलताको शुभकामना दिएका थिए । नवौँ बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरू भइरहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ७ : १४ बजे

सिनेजगतमा प्रवेश सजिलो तर दिगो टिक्न गाह्रोः राजेश हमाल

कर्णाली-नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति

पुनर्निर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार

गण्डकी- ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनर्निर्माणका लागि

प्रयोगविहीन वृद्धाश्रममा मानसेवा आश्रम सञ्चालन गरिने

ढोरपाटन (बागलुङ)- निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन नसकेको

एमाले असम्भव चुनावको पछाडि लाग्दैन: महासचिव पोखरेल

सुर्खेत- नेकपा (एमाले)ले आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा

‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’

विराटनगर– स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्थायी जनशक्ति अपरिहार्य भएको