गुल्मीका विभिन्न स्थानमा शुक्रबार विद्युत आपूर्ति बन्द हुने | Khabarhub Khabarhub

गुल्मीका विभिन्न स्थानमा शुक्रबार विद्युत आपूर्ति बन्द हुने


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीका विभिन्न स्थानमा भोलि विद्युत आपूर्ति बन्द हुने भएको छ । बिहीबार नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र तम्घासका अनुसार रिडीदेखि बिरबाससम्म ३३ केभी लाइनको नजिक पर्न गएका रुखका हाँगाबिगा काट्ने कार्य गर्ने भएकोले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुन लागेको हो ।

गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका र सत्यवती गाउँपालिकाको थानापति, बलेटक्सार, रिमुवा, थोर्गा, पानीटंकी, बम्घा, भेडुवा, श्रीङ्गा, विरवास, लुम्छा, जोहाङ्ग, खैरेनी, अस्लेवारानीबास लगायतका ठाउँ  स्थानमा विद्युत आपूर्ति प्रभावित हुने भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ७ : ५५ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका