गुल्मीका विभिन्न स्थानमा शुक्रबार विद्युत आपूर्ति बन्द हुने « Khabarhub

गुल्मीका विभिन्न स्थानमा शुक्रबार विद्युत आपूर्ति बन्द हुने


२७ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीका विभिन्न स्थानमा भोलि विद्युत आपूर्ति बन्द हुने भएको छ । बिहीबार नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र तम्घासका अनुसार रिडीदेखि बिरबाससम्म ३३ केभी लाइनको नजिक पर्न गएका रुखका हाँगाबिगा काट्ने कार्य गर्ने भएकोले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुन लागेको हो ।

गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका र सत्यवती गाउँपालिकाको थानापति, बलेटक्सार, रिमुवा, थोर्गा, पानीटंकी, बम्घा, भेडुवा, श्रीङ्गा, विरवास, लुम्छा, जोहाङ्ग, खैरेनी, अस्लेवा र रानीबास लगायतका ठाउँ  स्थानमा विद्युत आपूर्ति प्रभावित हुने भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ७ : ५५ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना