मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश « Khabarhub

मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

 

कास्की – गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेश गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलाले प्रदेश प्रमुखको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

प्रतिवेदन प्रस्तुत गर्दै मुख्य न्यायाधिवक्ता बास्तोलाले संवैधानिक व्यवस्था अनुरुप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्ना कार्य सम्पादन गर्दै आएको बताए । मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखित रुपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएको उहाँले जानकारी गराए ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख गुरुङले प्रदेश सरकारको कानुनी सल्लाहकारका रुपमा मुख्य न्यायाधिवक्ताको कार्यालय रहेको बताए । नेपाली जनताले आफ्ना लागि आर्जेको संविधानको सफल कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ९ : ४४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने