अफगानिस्तानमा छात्रालाई पढ्न दिन युरोपेली सङ्घको आग्रह « Khabarhub

अफगानिस्तानमा छात्रालाई पढ्न दिन युरोपेली सङ्घको आग्रह


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानमा छात्रालाई विद्यालय तहमा अध्ययन अध्यापन गर्न पाउने वातावरण बनाउन युरोपेली सङ्घले माग गरेको छ ।

सङ्घका तर्फबाट अफगानिस्तानका लागि खटिनु भएका विषेश प्रतिनिधि टोमस निक्लासोनले कक्षा ६ देखि माथिका छात्रालाई अझै पनि विद्यालय जान नदिइएको उल्लेख गर्दै तत्काल विद्यालय सूचारु गर्न माग गरेका हुन् ।

उहाँनले अफगानिस्तानको प्रगति र विकासका लागि महिलाको शैक्षिकस्तरमा बृद्धि हुनुपर्नेमा पनि ध्यानाकर्षण गराए ।

सामाजिक सञ्जाल ट्वीटरमा पनि उनले विद्यालयहरु तत्काल खुल्नु पर्ने र बालिकाहरूलाई विद्यालयमा पहुँच हुनुपर्ने उल्लेख गरेका छन् ।

उहाँले लेखेका छन्, ‘देशभरका सबै विद्यालयहरु तत्काल खुल्न आवश्यक छ, विद्यालय जान चाहेका सबै बालबालिकाहरुलाई विद्यालय गएर पढ्न पाउने व्यवस्था हुनुपर्दछ ।’

बालिकाहरूमाथि विभेद हुँदै आएकाले बालिकाहरूलाई उनीहरूको उमेर अनुसारको शिक्षा उपलब्ध गराउन पनि उहाँले आग्रह गरेका हुन् ।

अहिलेका बालिकाहरू भोलिका शिक्षिका, इन्जिनियर, चिकित्सक, सार्वजनिक सेवा प्रदायक, व्यवसायी, नेता आदि भएकाले उनीहरूलाई अहिले नै राम्रोसँग विकास गराउनु पर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १० : २९ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर