सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने | Khabarhub Khabarhub

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित कार्यक्रम गर्ने निर्णय गरेका छन् । आज बसेको गठबन्धन बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन तथा सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।

केन्द्रीय तहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वको गठबन्धनले काम गर्नेछ । प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने गठबन्धन बैठकको निर्णय छ । जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्नसक्ने बताइएको छ ।

बैठकले गठबन्धनका पक्षमा जनमत सिर्जना गर्न अपिल तयार गर्न चार सदस्यीय मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत, नेकपा (माओवादी केन्द्र)का नेता हितमान शाक्य, नेकपा (एकीकृत समाजवादी)का नेता प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरी छन् ।

सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने र उक्त भेलालाई गठबन्धन आबद्ध दलले संयोजन गर्ने राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलले जानकारी दिए। आगामी कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त कार्यकर्ता भेला आयोजना गरिएको छ । गण्डकी प्रदेशको भेलाको व्यवस्थापन नेकपा (एकीकृत समाजवादी) र लुम्बिनी प्रदेशको भेलाको संयोजन नेपाली कांग्रेसले गर्नेछ ।

कात्तिक ५ गते नेपाली कांग्रेसको संयोजकत्वमा प्रदेश नं १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा भेला हुनेछ । सो भेलामा गठबन्धनमा समावेश भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि आमन्त्रण गर्ने निर्णय भएको छ ।

कात्तिक ६ गते सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेमा भेला आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेशको भेलाको नेकपा (माओवादी केन्द्र) र कर्णाली प्रदेशको कार्यकर्ता भेलाको व्यवस्थापन कांग्रेसले गर्नेछ ।

कात्तिक ७ गते माओवादीको संयोजनमा बागमती प्रदेशको काठमाडौँमा भेला आयोजना गरिएको छ । भेलामा गठबन्धनमा सहभागी दलका केन्द्रीय सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित तीन/तीन जना सहभागी हुनेछन् । भेलामा वक्ताका रुपमा दलका प्रमुख नेतालाई आमन्त्रण गरिएको छ । बैठकले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा तय गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १० : ५४ बजे

पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका

बलेवा – यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका

सबैको पर्व बन्दैछ दशैँ

पछिल्लो समय आदिवासी जनजातिमा दशैँ बहिष्कारको प्रचलन आएको छ ।

बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो

म्याग्दी– पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको

विश्वव्यापी सार्वजनिक ऋण एक सय ट्रिलियन डलर पुग्ने अनुमान

एजेन्सी– आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था अपेक्षाभन्दा खराब हुन

सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन- प्रश्न नउठ्ने गरी काम गर्नू

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी