मातातीर्थको ट्रान्सफर्मरमा समस्या, विद्युत आपूर्ति प्रभावित « Khabarhub

मातातीर्थको ट्रान्सफर्मरमा समस्या, विद्युत आपूर्ति प्रभावित


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चन्द्रागिरि नगरपालिका स्थिति १३२ केभी मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएको छ।

१३२-११ केभी सबस्टेसनमा रहेको २२.५ एमभिए क्षमताको पावर ट्रान्सफर्मरमा शनिबार दिउँसोबाट समस्या देखिएपछि मातातीर्थ क्षेत्रको विद्युत आपूर्ति प्रभावित भएको छ। यसबाट करिब पाँच हजार ग्राहककामा विद्युत आपूर्ति समस्या देखिएको हो।

नेपाल विद्युत प्राधिकरणले सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि प्रयोग भएका मातातीर्थ र सतुंगल फिडरको लोडलाई क्रमशः थानकोट र बलम्बू फिडरमा सारेर वैकल्पिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरेको छ। तर, थानकोट र बलम्बू फिडरले त्यस क्षेत्रको मागलाई नधान्ने हुँदा आंशिक रुपमा विद्युत आपूर्तिको व्यवस्था गरिएको छ।

वैकल्पिक व्यवस्थाको रुपमा धादिङको कानाकोटबाट ‘ब्याक सप्लाई’ लिने र थानकोट फिडरको विस्तार गरेर आइतबारबाट विद्युत आपूर्तिको व्यवस्थापन गरिने छ। यसका लागि काम सुरु भइसकेको छ।

प्राधिकरणले समस्या आएको ट्रान्सफर्मरलाई हटाएर भक्तपुर सबस्टेसनबाट ट्रान्सफर्मर लैजाने छ। यसका लागि केही दिन लाग्ने छ।

प्राधिकरणले भक्तपुर सबस्टेसनमा रहेका २२.५ एमभिएका ३ वटा ट्रान्सफर्मरमध्ये २ वटालाई ४५-४५ एमभिएले प्रतिस्थापन गर्दै छ। त्यहाँ रहेका २२.५ एमभिएका दुई वटा ट्रान्सफर्मरमध्ये १ वटालाई मातातीर्थ सबस्टेसनमा लगेर जडान गरिने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ६ : २४ बजे

पोखराविरुद्ध विराटनगरका मार्टिन र लोकेशले बनाए अर्धशतक

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको जारी खेलमा विराटनगर किङ्सका

६ वटा एशोसिएसनले मागे नेपाल स्वास्थ्य व्यवसायी परिषदमा प्रतिनिधित्व 

काठमाडौं– विभिन्न ६ वटा एशोसिएसनहरुले नेपाल स्वास्थ्य व्यवसायी परिषदमा आफ्नो

पर्यटन प्रवर्द्धन गर्न ढोरपाटन र निसीखोलामा १८ घरबास सञ्चालन

ढोरपाटन– एक दशक अगाडिसम्म ढोरपाटन र निसीखोलामा एउटा पनि घरबास

अब पठाओ राइडर बन्नेहरूले जाँच पास गर्नुपर्ने 

काठमाडौं– राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले  राइडर छनोट र

श्रमिक पठाउन अवैध क्रियाकलाप गर्नेलाई कारबाही गर्न माग

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले बङ्लादेश, भारत, नेपाललगायत श्रमिक पठाउने मुलुकले आफ्ना