लोकतन्त्र जोगाउन गठबन्धन : शिक्षामन्त्री पौडेल « Khabarhub

लोकतन्त्र जोगाउन गठबन्धन : शिक्षामन्त्री पौडेल


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशलाई अस्थिरतातिर जानबाट जोगाउन पाँचदलीय गठबन्धन बनेको बताएका छन्।

ढोरपाटन नगरपालिका–३ पुर्कोटमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले संविधान मिचेर देशलाई बर्बादीतिर धकेल्न खोजिएपछि त्यस्तो प्रवृत्तिका विरुद्ध गठबन्धन गर्नुपरेको उल्लेख गरेका छन् ।

‘देशलाई समस्याबाट मुक्त गर्नका लागि, परेका अप्ठ्यारा र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन बनेको हो’, उनले भने, ‘दलका शीर्षनेताहरूले गठबन्धनको कुशलतापूर्वक अगुवाइ गरिरहनुभएको छ, यसमा हामी सबै प्रतिबद्ध छौँ ।’

मन्त्री पौडेलले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सत्ता गठबन्धनले नै जित्ने दाबी गरे । उनी बागलुङ–२ बाट प्रनिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्। उनी विसं २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : ०२ बजे

निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण 

गण्डकी– समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु