कर्णाली प्रदेशका ३४८ कैदीबन्दीले पाए मताधिकार « Khabarhub

कर्णाली प्रदेशका ३४८ कैदीबन्दीले पाए मताधिकार


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीका विभिन्न जिल्लामा बन्दी जीवन बिताइरहेका ३४८ कैदीबन्दीले मताधिकार पाएका छन्। आसन्न ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका हुन्।

फौजदारी कसुरको अभियोग लागेर कारागार पर्नुअघि फोटोसहितको मतदाता नामावली भरेकाहरूले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्थाअनुसार कैदीबन्दीले मताधिकार प्रयोग गर्न पाउने भएका हुन्। सोहीअनुसार कर्णाली प्रदेश नौ जिल्लाका तीन सय ४८ जना कैदीबन्दीले मताधिकार पाएका हुन्। जुम्ला कारागारका एक सय सात कैदीबन्दीमध्ये १४ जनाले मतदान गर्न पाउने छन्। जुम्लामा मताधिकार पाएका १४ जना सबै पुरुष छन्।

कैदीबन्दीको मताधिकार प्रयोग गर्नका लागि कारागारमा अस्थायी मतदान व्यवस्थापन गरिएको जेलर विष्णुबहादुर महतले बताए। उनका अनुसार कैदीबन्दीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ।

डोल्पा जिल्ला कारागारका १४ जना कैदीबन्दीले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका छन्। कारागारमा कैद भुक्तान गरिरहेका र डोल्पा जिल्लामै मतदाता नामावली भएका १४ जनालाई मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामबहादुर सार्कीले जानकारी दिए।

सुर्खेत कारागारका एक सय एकजना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। कैदीबन्दीहरूका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेले बताए। उनीहरूले समानुपातिकतर्फको संघमा मात्रै मत हाल्न पाउने भन्दै कारागारमै मतदान केन्द्रको व्यवस्था मिलाइने निर्वाचन अधिकारी चालिसेले बताए।

दैलेख कारागारमा एक सय २६ जना कैदीबन्दी भए पनि ६३ जनाले मात्र संघीय संसद् प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिकतर्फको मतपत्रमा मत दिन पाउने भएका छन्।

रुकुमपश्चिम कारागारबाट ६६ जनाकैदी बन्दीको नाम निर्वाचन कार्यालयमा पठाइएको छ। रुकुमपश्चिम कारागारमा रुकुमपूर्वमा कारागार नभएका कारण रुकुमपूर्व जिल्लाका कैदीबन्दीलाई पनि राखिँदै आएको छ।

जिल्ला कारागार रुकुमपश्चिमका प्रमुख अकवीर घर्तीले निर्वाचनमा रुकुमपश्चिम र पूर्व गरी ६६ जना कैदीबन्दीले मतदान गर्न पाउने जानकारी दिए। कारागारमा रहेका एक सय २४ जना कैदीबन्दीमध्ये ६६ जना कैदीबन्दीले मात्र मताधिकार पाएका छन्।

जाजरकोट कारागारका ५२ जना कैदीबन्दी तथा थुनुवामध्ये ३२ जनाले मतदान गर्न पाउने जिल्ला कारागार प्रमुख चन्द्रबहादुर गिरीले बताए। कालिकोट कारागारका ५० जना कैदीबन्दीमध्ये २३ जनाले मतदान गर्न पाउने जिल्ला कारागार कार्यालयका प्रमुख नरबहादुर मिजारले जानकारी दिए।

सल्यान कारागारका १२६ जना कैदीबन्दीमध्ये १८ जनाले मताधिकार पाएको जिल्ला कारागार प्रमुख राजन कँडेलले बताए। हुम्ला जिल्ला कारागारका १७ जना कैदीबन्दीले मतदान गर्न पाउने प्रमुख जिल्ला अधिकारी सरिता परियारले बताइन्।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ११ : ५६ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा