छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ | Khabarhub Khabarhub

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

झापाको बुद्धशान्ती गाउँपालिका–३ बुद्धटोलबाट १०२ ग्राम ब्राउन सुगरसहित कचनकवल गाउँपालिका–१ का ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा हुसेनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

थप अनुसन्धानको क्रममा उक्त लागूऔषध मेचीनगर नगरपालिका–८ मेची आवास बस्ने २८ वर्षीय बिकाश राजबंशीले खरिद गरी ल्याएको भन्ने खुलेको थियो। त्यसपछि प्रहरीले उनको समेत कोठा तलासी गर्दा थप २५ ग्राम २५० मिलिग्राम ब्राउन सुगर भेटाएको थियो। हाल फरार रहेका बिकाश राजबंशीको प्रहरीले खोजी गरिरहेको छ।

सिरहाको धनगढीमाई नगरपालिका–५ तेतिस बिघास्थित सडकबाट १० ग्राम ९२० मिलिग्राम ब्राउन सुगर र नगद २९ हजार रूपैयाँसहित सोही नगरपालिका–१३ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

स.८ प २२९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो।

बर्दियाको बढैयाताल गाउँपालिका–२ बैसठ्ठी नम्बर पिलर चोक फुटाहबाट २ ग्राम ८५० ब्राउन सुगरसहित बाँके खजुरा गाउँपालिका–६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

भे.१२ प ४१९७ नम्बरको स्कुटरलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–१ कारागार नजिकबाट सोही उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय आयुष सिंहलाई एक ग्राम खैरो हेरोईनसहित शनिबार प्रहरीले पक्राउ गरेको छ।

दाङको लमही नगरपालिका–९ अमिलियाबाट ३९५ ग्राम चरेशसहित जाजरकोट जुनचाँदी गाउँपालिका घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे बस्ने १७ वर्षीय किशोर सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

प्रदेश ३–०२–००२ प ७९२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १२ : ४६ बजे

माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

अग्रज र सहिदका संकल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका

लचिलो एमाले बन्छ र वामएकता गर्ने प्रतिबद्धता हुन्छ भने विद्या भण्डारीलाई समर्थन छ- झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति

औचित्य सावित गर्न नसके हाम्रो विद्रोह स्वतः गलत सावित हुनेछ : झलनाथ खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले औचित्य सावित

नेपाल तरुण दल काभ्रेले सुरु गर्‍यो पूर्णकालीन सदस्यताको फाराम वितरण

काभ्रे– नेपाली कांग्रेसको निकट भातृ संगठन नेपाल तरुण दल काभ्रेले