सुकुम्वासी वस्तीमा पुगेर प्रकाशमानले भने- ‘तपाईंहरुको चित्त बुझ्ने गरी समस्या समाधान गर्छु’ « Khabarhub

सुकुम्वासी वस्तीमा पुगेर प्रकाशमानले भने- ‘तपाईंहरुको चित्त बुझ्ने गरी समस्या समाधान गर्छु’


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ को सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन्। समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने बताए।

‘भूमि आयोगले काम सुरु गरिसकेको छ। निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ,’ आइतबार बिहान थापाथलीस्थित बागमती नदी किनारको वस्तीमा आयोजित कार्यक्रममा उनले भने, ‘त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौं।’

समस्या समाधान गर्दा जबरजस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनले बताए। ‘सरकार र तपाईंहरुलाई पनि हुने गरीकन, विनविन सिचुयसन दुवैलाई हुने गरी गर्नका लागि हामी जोड दिन्छौं,’ उनले भने।

मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले त्यसको सरल र छिटोछरीतो बनाउन पनि पहल गर्ने बताए।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १२ : ५० बजे

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६