लमजुङमा निर्वाचन अवधिभर मदिरा बिक्री-वितरणमा रोक | Khabarhub Khabarhub

लमजुङमा निर्वाचन अवधिभर मदिरा बिक्री-वितरणमा रोक


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी लमजुङ जिल्लाभरि आइतबारदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गर्दै जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी गराएको हो।

लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सूचना जारी गरिएको बताए।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था, सर्वदलीय-सर्वपक्षीय, समन्वय बैठकबाट भएको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिसबमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार निर्वाचनसम्बन्धी कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन गर्न निषेधित गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १२ : ५६ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न