सेतीदोभान पुल निर्माण प्राथमिकतामा : पूर्वमन्त्री भण्डारी « Khabarhub

सेतीदोभान पुल निर्माण प्राथमिकतामा : पूर्वमन्त्री भण्डारी


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तनहुँ – पूर्वमन्त्री शङ्कर भण्डारीले दुई पालिका जोड्ने सेतीदोभानको पुल निर्माण पहिलो प्राथमिकता रहेको बताएका छन्।

चुनावी घरदैलो अभियानमा रहेका गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उहाँले आज मतदातासँगको भेटघाटका क्रममा सो कुरा बताएका हुन्। जिल्लाको भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार जोड्ने सेती दोभानको पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने जानकारी दिए।

‘अलपत्र अवस्थामा रहेको पुलको निर्माण कार्य तत्काल अगाडि बढ्छ तपाईहरु ढुक्क हुनुहोस्’, उम्मेदवार भण्डारीले भने, ‘के कति कारणले रोकिन पुगेको हो यस विषयमा पूर्ण जानकारी लिएर काम अगाडि बढाउनेछु।’

भिमाद नगरपालिका वडा नं ८ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने उक्त पुलको निर्माण अगाडि नबढ्दा चिन्तित रहेका थानीय बासिन्दाले निकै सास्ती भोग्दै आएका छन्।

त्यसैगरी अलपत्र पुलको निर्माण कार्य तत्काल अगाडि बढाउनुपर्ने माग भिमाद र खैरेनीटारको सर्वसाधारण र व्यवसायीहरुले गरेका छन्। खैरेनीटार निवासी व्यवसायी वसन्ता श्रेष्ठले सेती दोभानको पुल निर्माण तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। उक्त पुल निर्माण भए खैरेनीटारको व्यापार व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ थियो।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : ३२ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी