खोटाङमा देउसी खेलेको पैसाले ज्येष्ठ नागरिकलाई तातो चिसो पानीको बन्दोबस्त « Khabarhub

खोटाङमा देउसी खेलेको पैसाले ज्येष्ठ नागरिकलाई तातो चिसो पानीको बन्दोबस्त


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङका आठ युवाले देउसी खेलेर जम्मा भएको रकमबाट ज्येष्ठ नागरिकलाई हट एण्ड कोल्ट वाटर फिल्टर प्रदान गरेका छन् ।

गत तिहारमा देउसी खेल्दा जम्मा भएको १३ हजार रुपैयामा खरिद गरिएको एक थान हट एण्ड कोल्ट वाटर फिल्टर ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङलाई प्रदान गरेका हुन् ।

युवा रोशन श्रेष्ठ, नवराज रिजाल, आदित्य भट्टराई, उपेन्द्र आचार्य, सन्तोष पोखरेल, कविराज रिजाल, सफल आचार्य र रुपक परियारको टोलीले वृद्धवृद्धालाई कार्यालयमा तातो चिसो पानी पिउने व्यवस्थाका लागि आइतबार ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलाई हट एण्ड कोल्ट वाटर फिल्टर हस्तान्तरण गरेका छन् ।

संघलाई हट एण्ड कोल्ट वाटर फिल्टर सहित दुई थान जार र एकथान मल्टिप्लक प्रदान गरिएको श्रेष्ठले बताए । श्रेष्ठकै अगुवाईमा वृद्धवृद्धालाई तातो चिसो पानी पिउनका लागि हट एण्ड कोल्ट वाटर फिल्टर उपलब्ध गराइएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : १२ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी