विगतका काम सम्झेर फेरि मौका दिनुस् : सीता गुरुङ | Khabarhub Khabarhub

विगतका काम सम्झेर फेरि मौका दिनुस् : सीता गुरुङ


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा लोकतान्त्रिक वाम गठबन्धनका तेह्रथुमकी साझा उम्मेदवार सीता गुरुङले विगतमा गरेका योगदानको मूल्याङ्कन गरी जिल्लाको विकास र सम्मृद्धिका निम्ति आफूलाई काम गर्ने मौका दिन मतदातासँग अनुरोध गरेकी छिन् ।

‘मैले ३१ वर्ष लामो उर्जासिल उमेर तेह्रथुमको विकासको निम्ती खर्चेकी छु । छथरदेखि आठराईसम्मको नागरिकहरूको समस्या नजिँकैबाट नियालेकी छु । जिल्लाको विकासको निम्ती अल्पकालिन र दीर्घकालिन योजना बनाएर तपाईहरू सामु आएकी छु । विगतमा मैले गरेको कामहरुलाई सम्झिनुस् । अनि मलाई काम गर्न मौका दिनुस्,’ उनले भनिन् ।

गुरुङ ०७४ सालमा तेह्रथुम जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार बनेकी थिइन् । त्यसबेला एमालेका भवानी खापुङसँग दुई हजार २१ मतले पराजित भएकी थिइन् ।

खापुङ २१ हजार तीन सय ३५ मत ल्याएर विजयी भएका थिए भने गुरुङले १९ हजार तीन सय १४ मत ल्याएर पराजित बनेकी थिइन् । खापुङ अहिले एकिकृत समाजवादी पार्टीमा रहेकाले यसपटक उनैको सहयोग र सत्ता गठबन्धनको साथमा उम्मेदवार बनेकी छिन् ।

गुरुङसँग एमालेका डाक्टर विजय सुब्बा चुवानी मैदानमा छन् । उनी एकल चुवानी प्रतिस्पर्धामा छ । अंकगणितीय रुपमा हेर्ने हो भने स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको मतका आधारमा तेह्रथुममा एमाले सबैभन्दा ठूलो दल हो । एमाले एक्लैको यहाँ २२ हजार तीन सय १२ मत छ । तर, सत्तारुढ गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा भने एमाले पछि छ ।

यहाँ कांग्रेसको २१ हजार नौ सय ११ र माओवादी केन्द्रको ६ सय ८६ र एकीकृत समाजवादीको पाँच सय ४६ मत छ । ०६४ सालबाहेक तेह्रथुमबाट सबै चुनाव एमालेले जितेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ३ : ५४ बजे

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक

शिक्षा विधेयकमा निजी विद्यालयको विरोध, माग पुरा नभए आन्दोलनमा उत्रिने 

काठमाडौं– सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूले असन्तुष्टि

ग्रे लिस्ट सन्दर्भ देखाउँदै सरकारले माग्यो सहकारीहरूको विवरण

काठमाडौं– सरकारले फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) र एसिया/प्यासिफिक ग्रुप अन

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि रुसमाथि थप ‘दबाब’ दिन युरोपेली नेताहरूको आग्रह

किएभ- युक्रेनमा जारी युद्ध अन्त्यका लागि ट्रम्प र पुटिनबीचको शिखर

वन्यजन्तुको आक्रमणमा ज्यान गुमाएकाका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति

तनहुँ– वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन