घनश्याम भुसाललाई मतदाताका प्रश्नैप्रश्न | Khabarhub Khabarhub

घनश्याम भुसाललाई मतदाताका प्रश्नैप्रश्न


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल यतिबेला मतदाता भेटघाटमा व्यस्त छन् । नेता भुसालले मतदाताको घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेन्डाको विषयमा जानकारी गराइरहेका छन् । तर, मतदाताले उनलाई प्रश्नै प्रश्न गरेका छन् ।

आइतबार रोहिणी गाउँपालिकाका भित्री बस्तीमा उनी पुग्दा शिक्षा, स्वास्थ्य र सडकको पहुँच राम्रोसंग पुग्न नसकेको भन्दै मतदाताले गुनासो गरे । भत्केको सडक देखाउँदै स्थानीय मतदाता छेदि गुप्ताले भुसालसँग भने, ‘यो बाटोको हालत हेर्नुहोस्, तपाईं जितेर आउनुहुन्छ कि हुन्न ?’

आफूहरू पटक–पटक ठगिएको भन्दै आक्रोशित मुद्रामा देखिएका स्थानीय वृद्ध मतदाता गुलहसन नाउँले पनि भोजपुरी भाषामा आफ्नो गुनासो पोखे । उनले भने, ‘तपाईं यहीँको मान्छे पनि हो, विकास गर्नुहोला, भ्रष्टाचार नगर्नुहोला ।’

स्थानीय अर्की मतदाता सुभावती यादवले भत्किएको बाटोले बारम्बार साईकल पन्चर हुने गरेको गुनासो गरिन् । साइकल समेत राम्ररी चल्न नसक्ने बाटोमा किसानले उत्पादन गरेका तरकारी ढुवानी गर्न निकै कठिन भएको उनले बताइन् ।

मतदाताको गुनासो र सुझाव सुनेपछि भुसालले यस क्षेत्रको विकासका लागि आफूले इमान्दार भएर काम गर्ने र बोलेको कुरा पूरा गरेरै छाड्ने प्रतिबद्धता दोहोर्‍याए । उनले भने, ‘शिक्षा, स्वास्थ्यको अवस्था नाजुक छ, सडकका खाल्डाखुल्डीको अवस्था उस्तै छ, यस विषयमा म निकै चिन्तित छु ।’

मतदाता भेटघाटका क्रममा भुसालले रोजगारी, गरिबी नियन्त्रण, निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा, लगायत जनचासो र सरोकारका विषयमा आफू सधैँ प्रतिबद्ध रहेको बताए । दैनिक गुजाराका लागि रोजगारी सिर्जना नहुँदा युवाहरु भारत तथा तेस्रो मुलुक पलायन हुने बाध्यता रहेको भन्दै स्वदेशमै रोजगारीको सृजनाको लागि आफू प्रतिबद्ध भएर लाग्ने उनले बताए ।

घनश्याम भुसालले आफ्नो घोषणा पत्रमा समेत २७ वटा सडक विस्तारका योजना उल्लेख गरेका छन् । पूर्वपश्चिम र उत्तरदक्षिण जोड्ने सडक र भित्री सडकको समेत योजना कोरेका भुसालले स्तरीय सडक, खानेपानी, विद्युत तथा निःशुल्क शिक्षा र स्वास्थ्य तथा कृषि एवं उद्योग–व्यापारमा युवाहरूलाई रोजगारीको ग्यारेन्टी गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ४ : ४३ बजे

आज पापाङ्कुशा एकादशी व्रत

काठमाडौं– आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी । आज एकादशीको व्रत

यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी,

दशैँका दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

काठमाडौं – बडादशैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल

आइबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २७ गते आइबार सन्

नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको