यो सरकार म्यादी जस्तै हो : ओली « Khabarhub

यो सरकार म्यादी जस्तै हो : ओली


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनभित्रका दलहरूले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याएको बताएका छन् । उनले देशको भाग्य, भविष्य फैसला गर्ने चुनाव भएकाले जनता अल्मलिन नहुने बताए ।

वीरेन्द्रनगरमा आइतबार आयोजित सभामा उनले भने, ‘यो चुनाव विशेष अर्थ राख्ने महासंग्राम हो भनेर बुझ्नुपर्छ । गठबन्धन बनेर देशी विदेशी शक्तिहरू एमालेविरुद्ध लागिरहेका छन्, त्यसको विरुद्धमा जनता जाग्न जरुरी छ।’

ओलीले विभिन्न सानातिना स्वार्थीहरूको साँठगाँठको सरकार बनाउने कि सुदृढ सरकार बनाउने भन्दै प्रश्न गरे । ‘गठबन्धनले बनाएको आआफ्नै घोषणा पत्र छ । यदि जितेको खण्डमा कसेको घोषणा पत्र लागू गरेर सकार चलाउँछन्,’ ओलीले भने, ‘त्यसैले एमालेको एउटै अभियानमा साथ दिनुहोस्, जोडजाड गरेका स्वार्थहरूको सरकार होइन् सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ, त्यो एमालेले गर्छ ।’

उनले यो देशमा जे जे काम भएको छ, त्यो सबै एमालेले गरेको दाबी गरे । गाउँगाउँमा सडकदेखि जेष्ठ नागरिक भत्ता एमालेले सुरु गरेको हो अहिले दिनको १३३ रुपैयाँ दिने पनि एमाले नै भएको उनको भनाइ थियो । ओलीले देउवालाई प्रतिपक्ष दलको नेता को बन्ने भन्ने बारेमा सल्लाह गरिराख्न सुझाव दिए । उनले भने, ‘अब एमालेले बहुमत ल्याउँछ र एमालेको सरकार बन्छ ।’

उनले प्रचण्डलाई राजनीतिक विचौलियाको संज्ञा दिए । उनले यो सरकार म्यादी सरकार भएकाले यसको पनि म्याद सकिएको बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ५ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै