यो सरकार म्यादी जस्तै हो : ओली « Khabarhub

यो सरकार म्यादी जस्तै हो : ओली


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनभित्रका दलहरूले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याएको बताएका छन् । उनले देशको भाग्य, भविष्य फैसला गर्ने चुनाव भएकाले जनता अल्मलिन नहुने बताए ।

वीरेन्द्रनगरमा आइतबार आयोजित सभामा उनले भने, ‘यो चुनाव विशेष अर्थ राख्ने महासंग्राम हो भनेर बुझ्नुपर्छ । गठबन्धन बनेर देशी विदेशी शक्तिहरू एमालेविरुद्ध लागिरहेका छन्, त्यसको विरुद्धमा जनता जाग्न जरुरी छ।’

ओलीले विभिन्न सानातिना स्वार्थीहरूको साँठगाँठको सरकार बनाउने कि सुदृढ सरकार बनाउने भन्दै प्रश्न गरे । ‘गठबन्धनले बनाएको आआफ्नै घोषणा पत्र छ । यदि जितेको खण्डमा कसेको घोषणा पत्र लागू गरेर सकार चलाउँछन्,’ ओलीले भने, ‘त्यसैले एमालेको एउटै अभियानमा साथ दिनुहोस्, जोडजाड गरेका स्वार्थहरूको सरकार होइन् सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ, त्यो एमालेले गर्छ ।’

उनले यो देशमा जे जे काम भएको छ, त्यो सबै एमालेले गरेको दाबी गरे । गाउँगाउँमा सडकदेखि जेष्ठ नागरिक भत्ता एमालेले सुरु गरेको हो अहिले दिनको १३३ रुपैयाँ दिने पनि एमाले नै भएको उनको भनाइ थियो । ओलीले देउवालाई प्रतिपक्ष दलको नेता को बन्ने भन्ने बारेमा सल्लाह गरिराख्न सुझाव दिए । उनले भने, ‘अब एमालेले बहुमत ल्याउँछ र एमालेको सरकार बन्छ ।’

उनले प्रचण्डलाई राजनीतिक विचौलियाको संज्ञा दिए । उनले यो सरकार म्यादी सरकार भएकाले यसको पनि म्याद सकिएको बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ५ : ०० बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा