अफगानिस्तानमा आईएसका ६ लडाकु पक्राउ « Khabarhub

अफगानिस्तानमा आईएसका ६ लडाकु पक्राउ


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा द्वन्द्वरत इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध छ जना लडाकुलाई पक्राउ गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

‘गोप्य सूचनाको आधारमा खालिद बिन वालिद कोरमा आबद्ध सैनिकहरूले नान्गाहार प्रान्तको खावरेजको गोप्य ठाउँमा छापा मारी छ जना लडाकुहरूलाई गिरफ्तार गरेको’ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

आतङ्ककारीहरू लुकेर बसेको ठाउँबाट एके ४७ राइफल सहित थुप्रै हतियार र गोलाबारुदहरू पनि फेला परेको बताइएको छ ।

तालिबानद्वारा सञ्चालित कार्यवाहक प्रशासनले अफगानिस्तानमा आईएस समूहको कथित उपस्थितिलाई गम्भीर खतराको रूपमा अस्वीकार गरेको छ यद्यपि सुरक्षा बल कडा निगरानी राख्दै प्रतिकारमा चनाखो देखिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ६ : २२ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न