संसद नै नचाहिएको दललाई संसदमा पठाउनुको औचित्य छैन : वरिष्ठ नेता पौडेल | Khabarhub Khabarhub

संसद नै नचाहिएको दललाई संसदमा पठाउनुको औचित्य छैन : वरिष्ठ नेता पौडेल


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद र प्रतिनिधिसभा नचाहिएको दललाई संसदमा वा प्रतिनिधिसभामा पठाउनुको कुनै औचित्य नरहेको बताएका छन् । नेकपा एमालेले पटक पटक संसद भंग गरेर संविधानको चीर हरण गरेको बताउँदै पौडेलले त्यस्तो पार्टीलाई फेरी पनि संसदमा पठाउनु ठूलो भूल हुने बताएका हुन् ।

आइतबार लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर २, सोतिपसलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । पाँच दलीय गठबन्धनका केन्द्रीय निर्वाचन परिचालन संयोजकसमेत रहेका नेता पौडेलले एमालेतर्फ लक्षित गर्दै आफूले पाएको बहुमतको दम्भ देखाएर पटक पटक संविधानको उल्लंघन गर्ने र संसद विघटन गरेर देशलाई अराजकतातर्फ धकेल्ने काम गरेकोले त्यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने समय आएको बताए ।

नेता पौडेलले अहिलेको अवस्थामा एउटै मात्र पार्टीेको बहुमत हुने अवस्था नभएकोले लोकतान्त्रिक वाम गठबन्धन गरेर आएको बताए । देश र संविधान रक्षा गर्नुपर्छ भन्ने शक्ति एक भएर यस्ता लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नुको विकल्प नभएको उल्लेख गरे । उनले भविष्यमा पनि मिलीजुली सरकार गठन गर्नुपर्ने अवस्था रहेकोमा अहिले नै मिलेर चुनाव लडेको उल्लेख गरे । उनले पाँच दलीय गठबन्धनको साझा एजेण्डा भनेको संविधानको रक्षा गर्नु र देशमा परिवर्तन ल्याएको बताए ।

संविधान राष्ट्रको साझा सहमतिको दस्ताबेज भएको उल्लेख गर्दै संविधान बनेपछि त्यसबाट प्राप्त उपलब्धीलाई बचाउनुको साटो नेकपा एमालेले संविधान मिचेर काम गरेकोले त्यस्ता पार्टी र प्रतिनिधिलाई गाउँ गाउँ र जिल्ला जिल्लाबाट परास्त गर्नु आवश्यक रहेको बताए । पटकपटकको परीक्षण नेपाल जस्तो देशले धान्न नसक्ने हुँदा राष्ट्रिय रूपमास्थिरता कायम गरेर उन्नती गर्न पाउनु पर्ने पाँचदलीय गठबन्धनको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

गाउँमै उद्योग व्यवसाय, पर्यटनको विकास, उद्योग धन्दाको विस्तार, गाउँमै रोजगारी र आम्दानीका अवसर खोज्नु पर्ने मुख्य ध्येय रहेकोले सोही अनुसार काम गर्न गठबन्धनलाई जिताउनु पर्ने उनको धारणा थियो । त्यसको लागि लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका देवप्रसाद गुरुङ र प्रदेश सभा क मा नेपाली कांग्रेसका डा. टकराज गुरुङ र प्रदेश सभा ख मा नेपाली कांग्रेसका भेषबहादुर पौडेललाई विजयी गराउन आग्रहसमेत गरे ।

नेता पौडेलले सबैलाई सुशासन चाहिएको भन्दै सुशासनको लागि गठबन्धन दृढ रहेको बताए । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल तनहूँ १ बाट प्रतिनिधि सभा उम्मेदवारसमेत हुन् । उक्त चुनावी सभामा लमजुङबाट नेपाली कांग्रेसका दीलबहादुर घर्ती, प्रतिनिधि सभाका उमेदवार देवप्रसाद गुरुङ, प्रदेश सभाका उमेदवारहरु डा. टकराज गुरुङ र भेषबहादुर पौडेलले देशले लामो समयपछि प्राप्त गरेको संविधानको रक्षा र सुशासनको लागि पाँच दलीय गठनबन्धनलाई जिताएर पठाउनुको विकल्प अब नरहेको बताएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ६ : ४० बजे

राष्ट्रिय डेङ्गी सचेतना अभियान सुरु 

काठमाडौं– सरकारले घोषणा गरेको राष्ट्रिय डेङ्गी सचेतना अभियान बिहीबारदेखि सुरु

हत्या गरेको आरोपमा एक जना पक्राउ

इलाम– माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको

धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सुरु

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

वीरगञ्ज–  सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा

इराकको सपिङ मलमा आगलागी, ५० जनाको मृत्यु

बगदाद– पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा