संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्छन् : प्रचण्ड | Khabarhub Khabarhub

संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्छन् : प्रचण्ड


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन् ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित धैरुङ्ममा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा दुई गठबन्धन चुनावी मैदानमा रहेको भन्दै संविधानको रक्षा गर्ने वाम–लोकतान्त्रिकको पक्षमा जनताले मत दिने विश्वास व्यक्त गरे ।

“एउटा गठबन्धन केपी ओलीले नेतृत्व गर्नुभएको छ, जहाँ संविधान विरोधी, गणतन्त्र विरोधी शक्तिहरू मिलेर बनेको छ”, उनले भने, “अर्को गठबन्धन मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा छ जसले संविधानको रक्षा गर्दै आएको छ, अबको चुनावमा जनताले संविधानको विरोधीलाई परास्त गर्नुपर्छ ।”

उनले बुढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गर्नेतर्फ आफ्नो ध्यान मुख्य रुपमा केन्द्रित भएको बताए । “राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजना छिटोभन्दा छिटो सम्पन गर्नुपर्छ भन्नेमा म प्रतिबद्ध छु”, उनले भने, “त्यसका लागि आवश्यक पहल गर्नेछु ।” उनले आफू कुनै निश्चित क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि आएको बताए । “प्राविधिक कारणले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेको छु”, उनले भने, “तर म कुनै विशेष क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि गोरखा आएको हुँ ।”

वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले उत्तरी गोरखामा विकासको निर्माण अवस्था जहाँको तहीँ रहेको बताए । उनले केही दलका उम्मेदवारले विकासको भ्रम फिजाएर हिँडेको भन्दै एमालेका उम्मेदवारले भाषणमा विकास गरे पनि वास्तविकतामा गोरखा क्षेत्र नम्बर १ को अवस्था उस्तै रहेको दाबी गरे ।

“म सडक बनाएर पुल बनाउँछु”, उनले भने, “सडक विनाको पुल बनाउँदिन ।” बजगाईंले अब निर्वाचन जितेर गएपछि अन्य कुनै प्रकारको अनैतिक काम नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ६ : ५२ बजे

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको

१६औँ शताब्दीको ‘सौगा हिटी’ सरसफाइ र रङ्गरोगन

ललितपुर– भित्ताभरि झ्याउ अनि पानी भरिएर पोखरी जस्तो बनेको पाटन

पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको पाँचौँ टेस्टमा कम ब्याक गरेको छ

पत्रकारलाई सञ्चारमन्त्रीको आग्रह– ‘मिडिया काउन्सिल विधेयकमा ‘इमोसनल’ नहुनुहोस्’

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिल

काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको