चीन मुलुकमा देखिएको आर्थिक समस्यालाई कम आँक्दै | Khabarhub Khabarhub

चीन मुलुकमा देखिएको आर्थिक समस्यालाई कम आँक्दै


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समयअघि हङ्कङमा आयोजित एउटा कार्यक्रमा चिनियाँ अधिकारीहरुले चीनमा जारी घरजग्गा व्यवसायको संकट र अर्थिक वृद्धिमा देखिएको सुस्ततालाई कम आँक्न कुनै कसर बाँकी राखेनन् ।

कोभिड १९ को महामारीपछि आयोजना गरिएको उक्त सम्मेलनमा विश्वभरका २ सयभन्दा धेरै वित्तीय अधिकारीहरुको सहभागिता थियो ।उक्त कार्यक्रममा विश्वव्यापी जोखिम एवम् दिगो वित्तका विषयमा छलफल गरिएको थियो ।

चीनको सुरक्षण नियामक आयोगका उपाध्यक्ष फाङ सिङ्हाईले सहभागीहरुलाई चीन र हङ्कङविरोधी खेमामा ‘दाउ नलगाउन’ समेत आग्रह गरे । उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘चीनलाई राम्रोसँग नबुझेको’ बताउँदै ‘छोटो दृष्टि’ मात्रै रहेको उल्लेख गरेका थिए ।

मुख्यभूमि चीनबाट र त्यसतर्फ हुने आवागमन त्यहाँ लागू गरिएको निकै कठोर मानिने क्वारेन्टाइन नियमका कारण निकै मुश्कील रहेको छ । केन्द्रीय बैंकका गभर्नर यी गाङले आर्थिक एवम् सुधारका पहलहरु जारी नै रहने बताउँदै मुद्रास्फीति पश्चिमा मुलुकमा ८ प्रतिशत रहेकोमा चीनमा भने तुलनात्मक रुपमा कम अर्थात् ३ प्रतिशतभन्दा कम रहेको उल्लेख गरे ।

सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेसनबाट ऐतिहासिक तेस्रो कार्यकालका लागि सी जिन्पिङ चुनिएसँगै महत्वपूर्ण सुधारका कामहरु रोकिने चासो र चिन्ता मत्थर पार्न उनको भनाइ केन्द्रित रहेको थियो । आफ्नो मुलुकमा सहरीकरणको सम्भावना र मध्यमवर्गीय उपभोक्ताबाट हुने माग बढिरहेको बताउँदै यीले चीनमा ठूलो बजार रहेको समेत बताए ।

चिनियाँ अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने घरजग्गा उद्योगमा मन्दी छाएसँगै अधिकारीहरुले कर्जाको बढोत्तरी रोक्ने प्रयास गरिरहेका छन् ।

पछिल्लो त्रैमासिकमा चीनको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि भएको छ । यद्यपि अधिकारीहरुले भने यस अवधिमा अर्थतन्त्र ५ प्रतिशतसम्म रहने अपेक्षा गरेका थिए ।

चीनको बैंकिङ एवम् बीमा नियामक आयोगका उपाध्यक्ष शियाओ युआनचीले उक्त सम्मेलनमा सहभागीलाई शान्त पार्ने प्रयासस्वरुप बैंकहरुले केबल २६ प्रतिशत कर्जा मात्र घरजग्गा क्षेत्रमा लगानीका लागि दिएको र ९० प्रतिशत कर्जा ‘उच्चस्तरीय’ रहेको उल्लेख गरे ।

बेलायतको पूर्व उपनिवेश हङ्कङलाई पुनः अग्रणी वित्तीय केन्द्रको रुपमा विकसित गर्नका लागि उक्त सम्मेलनको आयोजना गरिएको हो ।

हङ्कङका प्रमुख कार्यकारी जोन लीका अनुसार उक्त सहर ‘चिनियाँ र विश्वव्यापी लाभ एकै स्थानमा आउने’ विश्वकै एकमात्र महानगर हो ।

विश्व अर्थतन्त्रको केन्द्रविन्दु पूर्वतिर सर्दै गर्दा हङ्कङ मुख्यभूमि चीन र विश्व जोड्ने अमूल्य कडी रहेको समेत उल्लेख गरे । कानूनी एवम् आर्थिक स्वायत्तता दिइने अपेक्षाअनुसार सन् १९९७ मा बेलायतले हङ्कङलाई चीनको जिम्मा लगाएको थियो ।

पछिल्ला केही वर्षहरुमा चीनले हङ्कङमा आक्रामक रुपमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ । महामारीले पारेको आर्थिक प्रभावलाई कठोर लकडाउनका प्रावधानले अझ खराब बनाइदिएको छ ।

पूर्व सुरक्षा अधिकारी समेत रहेका लीले हङ्कङको खराब अवस्था सकिसकेको बताउँदै सामाजिक अस्थीरता ‘विगतका कुरा’ भएको बताउँदै शान्ति र स्थीरता पुन स्थापना भएको बताए ।

उक्त सम्मेलनमा सहभागीहरुका लागि कोभिड १९ को कठोर नियम भने लागू गरिएको थिएन । कोभिड १९ पोजेटिभ पुष्टि भएका सहभागीहरुलाई ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने नियमका विपरीत उनीहरुलाई विमान नै चार्टर गरेर स्वदेश फर्किनसक्ने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ५ : ४१ बजे

आजका समाचार : तत्काललाई टर्‍यो माओवादीको संकट, जनार्दनलाई कारबाही भएन, बहुविवाहसम्बन्धी प्रस्तावले तात्यो संसद्, कक्षा १२ को नतिजामा सुधार

तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओलीप्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू

भिजिट भिसा प्रकरणदेखि ‘बहुविवाह’सम्म गरमागरम बहस

काठमाडौं– सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरूले गृहमन्त्री

कागतीमा खटिरे र ढुसीजन्य समस्या

चितवन– जिल्लामा लगाइएका कागती खेतीमा क्याङ्कर (खटिरे)र ढुसीजन्य रोगको समस्या

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

तनहुँ– मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा

‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी 

काठमाडौँ  – नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग