चीन मुलुकमा देखिएको आर्थिक समस्यालाई कम आँक्दै « Khabarhub

चीन मुलुकमा देखिएको आर्थिक समस्यालाई कम आँक्दै


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समयअघि हङ्कङमा आयोजित एउटा कार्यक्रमा चिनियाँ अधिकारीहरुले चीनमा जारी घरजग्गा व्यवसायको संकट र अर्थिक वृद्धिमा देखिएको सुस्ततालाई कम आँक्न कुनै कसर बाँकी राखेनन् ।

कोभिड १९ को महामारीपछि आयोजना गरिएको उक्त सम्मेलनमा विश्वभरका २ सयभन्दा धेरै वित्तीय अधिकारीहरुको सहभागिता थियो ।उक्त कार्यक्रममा विश्वव्यापी जोखिम एवम् दिगो वित्तका विषयमा छलफल गरिएको थियो ।

चीनको सुरक्षण नियामक आयोगका उपाध्यक्ष फाङ सिङ्हाईले सहभागीहरुलाई चीन र हङ्कङविरोधी खेमामा ‘दाउ नलगाउन’ समेत आग्रह गरे । उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘चीनलाई राम्रोसँग नबुझेको’ बताउँदै ‘छोटो दृष्टि’ मात्रै रहेको उल्लेख गरेका थिए ।

मुख्यभूमि चीनबाट र त्यसतर्फ हुने आवागमन त्यहाँ लागू गरिएको निकै कठोर मानिने क्वारेन्टाइन नियमका कारण निकै मुश्कील रहेको छ । केन्द्रीय बैंकका गभर्नर यी गाङले आर्थिक एवम् सुधारका पहलहरु जारी नै रहने बताउँदै मुद्रास्फीति पश्चिमा मुलुकमा ८ प्रतिशत रहेकोमा चीनमा भने तुलनात्मक रुपमा कम अर्थात् ३ प्रतिशतभन्दा कम रहेको उल्लेख गरे ।

सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेसनबाट ऐतिहासिक तेस्रो कार्यकालका लागि सी जिन्पिङ चुनिएसँगै महत्वपूर्ण सुधारका कामहरु रोकिने चासो र चिन्ता मत्थर पार्न उनको भनाइ केन्द्रित रहेको थियो । आफ्नो मुलुकमा सहरीकरणको सम्भावना र मध्यमवर्गीय उपभोक्ताबाट हुने माग बढिरहेको बताउँदै यीले चीनमा ठूलो बजार रहेको समेत बताए ।

चिनियाँ अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने घरजग्गा उद्योगमा मन्दी छाएसँगै अधिकारीहरुले कर्जाको बढोत्तरी रोक्ने प्रयास गरिरहेका छन् ।

पछिल्लो त्रैमासिकमा चीनको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि भएको छ । यद्यपि अधिकारीहरुले भने यस अवधिमा अर्थतन्त्र ५ प्रतिशतसम्म रहने अपेक्षा गरेका थिए ।

चीनको बैंकिङ एवम् बीमा नियामक आयोगका उपाध्यक्ष शियाओ युआनचीले उक्त सम्मेलनमा सहभागीलाई शान्त पार्ने प्रयासस्वरुप बैंकहरुले केबल २६ प्रतिशत कर्जा मात्र घरजग्गा क्षेत्रमा लगानीका लागि दिएको र ९० प्रतिशत कर्जा ‘उच्चस्तरीय’ रहेको उल्लेख गरे ।

बेलायतको पूर्व उपनिवेश हङ्कङलाई पुनः अग्रणी वित्तीय केन्द्रको रुपमा विकसित गर्नका लागि उक्त सम्मेलनको आयोजना गरिएको हो ।

हङ्कङका प्रमुख कार्यकारी जोन लीका अनुसार उक्त सहर ‘चिनियाँ र विश्वव्यापी लाभ एकै स्थानमा आउने’ विश्वकै एकमात्र महानगर हो ।

विश्व अर्थतन्त्रको केन्द्रविन्दु पूर्वतिर सर्दै गर्दा हङ्कङ मुख्यभूमि चीन र विश्व जोड्ने अमूल्य कडी रहेको समेत उल्लेख गरे । कानूनी एवम् आर्थिक स्वायत्तता दिइने अपेक्षाअनुसार सन् १९९७ मा बेलायतले हङ्कङलाई चीनको जिम्मा लगाएको थियो ।

पछिल्ला केही वर्षहरुमा चीनले हङ्कङमा आक्रामक रुपमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ । महामारीले पारेको आर्थिक प्रभावलाई कठोर लकडाउनका प्रावधानले अझ खराब बनाइदिएको छ ।

पूर्व सुरक्षा अधिकारी समेत रहेका लीले हङ्कङको खराब अवस्था सकिसकेको बताउँदै सामाजिक अस्थीरता ‘विगतका कुरा’ भएको बताउँदै शान्ति र स्थीरता पुन स्थापना भएको बताए ।

उक्त सम्मेलनमा सहभागीहरुका लागि कोभिड १९ को कठोर नियम भने लागू गरिएको थिएन । कोभिड १९ पोजेटिभ पुष्टि भएका सहभागीहरुलाई ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने नियमका विपरीत उनीहरुलाई विमान नै चार्टर गरेर स्वदेश फर्किनसक्ने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ५ : ४१ बजे

पश्चिम बंगालमा भाजपा धेरै अगाडि, बनर्जी सरकार पतनको संघारमा

काठमाडौं- भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा भएको

होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने

भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा

सुहाङको प्रस्ताव : सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमनमा तत्कालै जाऊँ

काठमाडौं- संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप

काठमाडौं- प्रतिपक्षी दलका सांसदहरुले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका