जिल्ला अस्पतालमा एक्स-रे सेवा बन्द, सेवाग्राही मारमा « Khabarhub

जिल्ला अस्पतालमा एक्स-रे सेवा बन्द, सेवाग्राही मारमा


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स-रे  सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुबाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स-रे सेवा बन्द गरेको हो ।

अस्पतालमा कार्यरत ती कर्मचारी नभएपछि आइतबारदेखि मङ्सिर २९ गतेसम्मका लागि एक्स-रे सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख डा चतुरानन्द यादवले बताए  । ‘अस्पतालमा दैनिक सरदर ६० जनाको एक्स-रे  हुने गरेको छ’, उनले भने, ‘अस्पतालमा कार्यरत दुवै जना रेडियोग्राफर बिदा गएपछि सूचना प्रकाशन गरेर एक्स-रे  सेवा बन्द गरिएको हो ।’

जिल्लाको एकमात्र सरकारी अस्पतालको एक्स-रे सेवा बन्द भएपछि एक्स-रे  गर्न आएका बिरामी अन्यत्र जान बाध्य भएका छन् । एक्स-रे गर्न जिल्ला अस्पताल पुग्दा पुस १ गते आउन भनेको दिक्तेल रापाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका कम्पसेर राईले बताए ।

एक्स-रेकै कारण कतिपय बिरामी दिक्तेलकै फेमिली केयर अस्पतालमा गइरहेका छन् । बाहिर गएर एक्स-रे गर्दा निजी अस्पतालहरूले महँगो शुल्क लिने गरेको सेवाग्राहीको गुनासो आउन थालेको छ ।

वैकल्पिक व्यवस्थाका लागि केही रेडियोग्राफरलाई बोलाएको भए पनि जिल्ला अस्पतालको एक्स–रे  मेसिन चलाउन नजानेको अस्पतालका निमित्त प्रमुख डा यादवले बताए । ‘एक्स-रे सेवालाई नियमित गराउन पहल भइरहेको छ’, उनले भने, ‘सम्भवत चाँडै सञ्चालनमा आउनेछ ।’

जिल्ला अस्पतालको एक्स-रे  सेवा बन्द भएको जनगुनासो आएपछि सोमबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईको टोलीले जिल्ला अस्पताल पुगेर समस्याका बारेमा जानकारी लिएका छन् । अस्पतालमा देखिएको समस्या समाधान गर्न नगरपालिकाको तर्फबाट पहल भइरहेको नगरप्रमुख भट्टराईले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ६ : ४३ बजे

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा