विश्व इतिहासमा आज : सन्डे हुक इलिमेन्ट्री विद्यालयमा बन्दुक हमलादेखि दक्षिण ध्रुवमा पुग्ने सोभियतसम्म « Khabarhub

विश्व इतिहासमा आज : सन्डे हुक इलिमेन्ट्री विद्यालयमा बन्दुक हमलादेखि दक्षिण ध्रुवमा पुग्ने सोभियतसम्म


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज १४ डिसेम्बर– आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

सन्डे हुक इलिमेन्ट्री विद्यालयमा गोली हानाहान

सन् २०१२ मा अमेरिकाको कनेक्टिकटको न्युटाउनस्थित सन्डे हुक इलिमेन्ट्री विद्यालयमा गोली चलेको थियो । एडम लान्जा नाम गरेका व्यक्तिले गोली चलाउँदा २० बालबालिका र ६ बयस्कको मृत्यु भएको थियो ।

तान्जेनियाले पायो राष्ट्रसंघको सदस्यता
सन् १९६१ मा तान्जेनिया औपचारिक रुपमा राष्ट्रसंघको सदस्य बनेको थियो । तांगनयिकाजनजिवर आर्किपेलागो मर्ज गरेर तान्जेनिया बनेको थियो । मर्ज हुनुअघि दुबै देश बेलायतको अधीनमा थिए ।

दक्षिण ध्रुवमा पुग्ने सोभियत
सन् १९५८ मा सोभियत नागरिक दक्षिण ध्रुवमा पुगेका थिए । उनी दक्षिण ध्रुवमा पुग्ने पहिलो व्यक्ति हुन् । सन् १९५८ को १४ डिसेम्बरमा येभगेनी टोलस्टिकोभले नेतृत्व गरेको सोभियत युनियनको समूह दक्षिण ध्रुवमा पुगेको थियो । दक्षिणी ध्रुवको औसत तापक्रम माइनस ७३ डिग्री फरेनाइट छ ।

सोभियत युनियन लिग अफ नेसनबाट निस्कासन
सन् १९३९ मा सोभियत युनियन लिग अफ नेसनबाट निस्कासन भएको थियो । फिनल्यान्डबारे अनावश्यक माग गरेपछि सोभियत युनियनलाई लीग अफ नेसनबाट निस्कासन गरिएको थियो । 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ०९ बजे

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा

खेतीयोग्य बारी बाझिँदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

ढोरपाटन– खेतीयोग्य बारी बाझिँदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन् : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर

अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा