विश्व इतिहासमा आज : सन्डे हुक इलिमेन्ट्री विद्यालयमा बन्दुक हमलादेखि दक्षिण ध्रुवमा पुग्ने सोभियतसम्म « Khabarhub

विश्व इतिहासमा आज : सन्डे हुक इलिमेन्ट्री विद्यालयमा बन्दुक हमलादेखि दक्षिण ध्रुवमा पुग्ने सोभियतसम्म


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज १४ डिसेम्बर– आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

सन्डे हुक इलिमेन्ट्री विद्यालयमा गोली हानाहान

सन् २०१२ मा अमेरिकाको कनेक्टिकटको न्युटाउनस्थित सन्डे हुक इलिमेन्ट्री विद्यालयमा गोली चलेको थियो । एडम लान्जा नाम गरेका व्यक्तिले गोली चलाउँदा २० बालबालिका र ६ बयस्कको मृत्यु भएको थियो ।

तान्जेनियाले पायो राष्ट्रसंघको सदस्यता
सन् १९६१ मा तान्जेनिया औपचारिक रुपमा राष्ट्रसंघको सदस्य बनेको थियो । तांगनयिकाजनजिवर आर्किपेलागो मर्ज गरेर तान्जेनिया बनेको थियो । मर्ज हुनुअघि दुबै देश बेलायतको अधीनमा थिए ।

दक्षिण ध्रुवमा पुग्ने सोभियत
सन् १९५८ मा सोभियत नागरिक दक्षिण ध्रुवमा पुगेका थिए । उनी दक्षिण ध्रुवमा पुग्ने पहिलो व्यक्ति हुन् । सन् १९५८ को १४ डिसेम्बरमा येभगेनी टोलस्टिकोभले नेतृत्व गरेको सोभियत युनियनको समूह दक्षिण ध्रुवमा पुगेको थियो । दक्षिणी ध्रुवको औसत तापक्रम माइनस ७३ डिग्री फरेनाइट छ ।

सोभियत युनियन लिग अफ नेसनबाट निस्कासन
सन् १९३९ मा सोभियत युनियन लिग अफ नेसनबाट निस्कासन भएको थियो । फिनल्यान्डबारे अनावश्यक माग गरेपछि सोभियत युनियनलाई लीग अफ नेसनबाट निस्कासन गरिएको थियो । 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ०९ बजे

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९