पशुपति शिक्षा मन्दिरको विद्यालय भवन निर्माण « Khabarhub

पशुपति शिक्षा मन्दिरको विद्यालय भवन निर्माण


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– सुस्ता गाउँपालिका ३ स्थित पशुपति शिक्षा मन्दिरको नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्वली सेड तथा तीन शौचालय सहितको सुविधा सम्पन्न आधुनिक भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । 

नवनिर्मित भवन युनिभर्सिटी अफ स्ट्रटक्लाड, ग्लास्गो, स्कटल्याण्डको एक लाख पाउण्डको आर्थिक सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिडटाउनले निर्माण गरेको हो । 

भवनको साँचो रोटरी क्लब अफ काठमाडौं मिडटाउनका पूर्वअध्यक्ष अजय स्थापितले विद्यालय व्यवस्थापन समितका अध्यक्ष प्रेमचन्द्र चौधरीलाई हस्तान्तरण गरेका थिए ।

उक्त विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्तर्गत पशुपति शिक्षा प्रसार समिति नेपालले सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : ५३ बजे

प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक, कुनले कति कमाए ?

काठमाडौं – चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा

बनियानी – कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा

सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ

काठमाडौं– श्रीलंकाको कोलम्बोमा हुने छैटौँ दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति भएकाले