कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा « Khabarhub

कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बनियानी – कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा भएको छ । भद्रपुर क्रिकेट क्लबको आयोजनामा बुधबारदेखि २९ गतेसम्म झापाको भद्रपुर नगरपालिका–८ स्थित मेची क्याम्पसको क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । लिग ढाँचामा सञ्चालन हुने प्रतियोगितामा नेपाल तथा भारतका आठ वटा टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक गौरब सुब्बाले जानकारी दिए ।

मैदान व्यवस्थापन, पिचको स्तरीकरण, खेल तालिका, सुरक्षा व्यवस्था, अम्पायरिङ, स्वास्थ्य सेवा, खेलाडीको आवास तथा यातायात व्यवस्थापनलगायत खेलका लागि आवश्यक सबै तयारी पूरा भइसकेको उनले बताए । यहाँ कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका तथा स्थानीय दाताहरूको सहयोगमा करिब रु ६० लाखको लागतमा पिच निर्माण गरी स्तरीकरण गर्ने कार्य सम्पन्न भइसकेको छ ।

प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, गण्डकी हिरोज पोखरा, ग्रेट हिमालयन क्रिकेट एकाडमी काठमाडौँ र फ्रेण्ड्स युथ क्लब डडेल्धुराको सहभागिता रहनेछ भने भारतका तर्फबाट राइनो ल्याण्ड क्रिकेट एकाडमी आसाम ९गोहाटी०, ग्लोबल स्टार क्रिकेट क्बल लखनउ, क्रिकेट कोचिङ उपाध्याय एकाडमी न्यू दिल्ली र स्नो लायन टिम अफ सिक्किम सहभागी रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताका लागि करिब रु एक करोड २० लाख खर्च हुने आयोजक भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । प्रतियोगितामा विजेताले नगद रु पाँच लाख, उपविजेताले रु तीन लाख पाउनेछ ।

प्रत्येक खेलको प्लेयर अफ दि म्याचले नगद रु ११ हजार ट्रफी, उत्कृष्ट बलर र ब्याट्स म्यानले नगद रु २५÷२५ हजार र ट्रफी, उदीयमान खेलाडीले नगद रु ११ हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मेन अफ दि सिरिजलाई नगद रु ५१ हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले प्रतियोगितामा पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ८ : १९ बजे

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको