हिउँद लागेसँगै भारतबाट बिजुली खरिद सुरु « Khabarhub

हिउँद लागेसँगै भारतबाट बिजुली खरिद सुरु


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्खायाममा उत्पादित बिजुली बेच्दै आएको नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेसँगै बिजुली खरिद गर्न थालेको छ । प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स) को डे अहेड मार्केटबाट विद्युत् खरिद सुरु गरेको हो । 

हाल करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता र पिक डिमान्ड करिब एक हजार छ सय मेगावाट छ ।  गत मंसिर २१ गतेबाट आयात सुरु गरेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ । बिहान करिब ३ बजेदेखि ११ बजेसम्म विद्युत् आयात गरेर माथिल्लो तामाकोसी तथा कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको पानी सञ्चित गरिन्छ । 

प्राधिकरणका अनुसार मङ्सिरमा निर्यातको औसत दर करिब सात रुपैयाँ ७० पैसा छ भने खरिद दर भने औसत पाँच रुपियाँ १० पैसा छ । मङ्सिर २१ देखि २५ सम्म पाँच दिनमा प्राधिकरणले करिब ३८ लाख युनिट बिजुली खरिद गरेको छ । यद्यपि निर्यात पनि सँगसँगै भइरहेको प्राधिकरणले जानकारी दिएको छ। यसबीच ८५ हजार मेगावाट आवर बिजुली बिक्री गरिसकेको उल्लेख छ। 

हिउँदमा जलप्रवाह घटेर विद्युत्  उत्पादन  कम  हुने भएकाले निर्यात रोकिए पनि अर्को वर्षको जेठको अन्तिम साताबाट भने निर्यात पुनः सुरु हुने प्राधिकरणले जानकारी दिएको छ । 

प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे सात अर्ब रुपैयाँको विद्युत् निर्यात गरिसकेको छ । नेपाल  विद्युत् प्राधिकरणको  आकलनअनुसार  चालू आर्थिक वर्षको असारसम्म प्रणालीमा ८११ मेगावाट विद्युत् थप हुँदै छ । 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : १३ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ