प्रचारप्रसारको अभावमा बागलुङको  ‘खिउ बराह ताल’ « Khabarhub

प्रचारप्रसारको अभावमा बागलुङको  ‘खिउ बराह ताल’


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको ताराखोला गाउँपालिका-३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ । तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको हो । 

पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको भए पनि पूर्वाधार निर्माण र प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्थानीय कृष्ण अठारे मगरको भनाइ छ । ‘तालसम्म पुग्नका लागि सडकको पहुँच वा पदमार्ग निर्माण हुन सकेको छैन’, उनले भने, ‘तालसम्म पहुँचका लागि पूर्वाधार निर्माण हुने हो भने पर्यटकीय गतिविधि बढ्ने थियो ।’

स्थानीय नीरज बगालेले यतिबेला आफूहरू यतिबेला ताल संरक्षण र प्रचारप्रसारमा जुटेको बताए। उनले स्थानीहरू ताल छेउछाउ कहिलेकाहीँ वनभोजका लागि जाने गरे पनि बाहिरबाट आउने पर्यटकहरू नभएको बताए । 

गाउँपालिकाले गत आर्थिक वर्षमा ताल संरक्षणका लागि चार लाख बजेट विनियोजन गरेको थियो भने यसवर्ष प्रदेश सरकारले सहयोग गरेको उनले जानकारी दिए। ‘स्थानीय, प्रदेश र सङ्घबाट आवश्यक बजेट विनियोजन गरी ताल संरक्षण र संरचना निर्माणमा लाग्ने हो भने पर्यटकको सङ्ख्या बढाउन सकिन्छ’, उनले भने।

ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पनि यसका लागि पहल सुरु गरेको छ । यसवर्ष प्रदेश सरकारले विनियोजन गरेको १० लाख बजेटबाट ताल मर्मत सम्भार गरिने ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यक्रम अधिकृत रणबहादुर विकले जानकारी दिए । 

‘बागलुङका तीन वटा ताल यसवर्ष संरक्षण र मर्मत सम्भार हुँदैछन्’, उनले भने, ‘ताराखोलाको खिउ बराह, ढोरपाटनको रुद्र र तामानखोलाको बराह तालमा काम भइरहेको छ ।’ ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले ताराखोला गाउँपालिकामा भएका तालतलैया र धार्मिकस्थलको प्रवर्द्धनका लागि नीति बनाएर अघि बढाउने बताए । 

‘हाम्रो पालिका अन्तर्गत धेरै पर्यटकीयस्थल छन्, केही स्थलमा पूर्वाधार निर्माण भइसकेका छन् भने अझै केहीमा काम हुन बाँकी छ, खिउ बराह तालको विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गर्नेछौँ,’ उनले भने । 

उनले पर्यटन क्षेत्रको विकास गरी  स्थानीयको आयआर्जन बढाउने र जीवनस्तरमा उकास्ने गरी योजना बनाएको दाबी गरे । खिउ बराह तालबाट धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायत दर्जनौँ हिमश्रुङ्खलासँगै बागलुङका विभिन्न स्थान र म्याग्दी, गल्मी, अर्घाखाँची लगायतका जिल्ला देख्न सकिन्छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १२ : ४५ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा