अरुणाञ्चलको सीमाक्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप « Khabarhub

अरुणाञ्चलको सीमाक्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ ।

सीमाक्षेत्रमा भएको पछिल्लो झडपको विषयलाई भारतको तल्लो सदन लोकसभामाको बैठकमा विपक्षीहरुले मुख्य मुद्दाका रूपमा उठाउने तयारी गरेको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । डिसेम्बर ९ मा भएको भनिएको झडपमा दुबै पक्षका सेना घाइते भएका सेनाले बताएको छ ।

डिसेम्बर ९ को मुठभेडले ‘दुवै पक्षका केही व्यक्तिलाई सामान्य चोटपटक’ लागेको र झडपपछि दुवै पक्ष ‘तत्काल सो क्षेत्रबाट पछि हटेको’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । झडप भएको खबर सार्वजनिक भएसँगै भारतको प्रतिपक्षी दल कांग्रेसले भने सरकारले संसदमा घटनाबारे छलफल गरेर राष्ट्रलाई विश्वासमा लिनुपर्ने टिप्पणी गरेको थियो ।

झडपबारे रक्षामन्त्री राजनाथ सिंहले सदनमा बयान दिने कि नदिने भन्ने विषयमा छलफल हुने जनाइएको छ । केन्द्र ‘कहिल्यै पनि कुनै पनि छलफलबाट विचलित नभएको र तथ्यहरूको सामना गर्न तयार’ रहेको सरकारी स्रोतहरूलाई उद्धृत गर्दै उक्त समाचार संस्थाले लेखेको छ ।

सीमा विवादलाई ‘दबाउने’ नरेन्द्र मोदी सरकारको प्रवृत्तिले चीनको दुस्साहसलाई उक्साएको कंग्रेस पार्टीले आरोप लगाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  २ : ३० बजे

संवैधानिक जवाफदेहिताको परीक्षणमा दुई प्रतिवेदन

लोकतान्त्रिक शासन व्यवस्थाको आधार विधिको शासन हो । विधिको शासन

बेमौसमी फूलले मूल्य नपाउँदा अर्को बाली लगाउने तयारीमा किसान (तस्बिर)

धादिङ– धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत

विजय र स्वस्तिमा उत्कृष्ट घोषित

काठमाडौँ- छायाछवी क्रियसनले आयोजना गर्दै आएको डी सिने अवार्डको १७

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै

बागलुङ– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन ९मोडिफाइ० गरी

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

नेपालगन्ज– बाँकेको नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै