कर्णाली नदीमा जेसिबी दुर्घटना हुँदा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला « Khabarhub

कर्णाली नदीमा जेसिबी दुर्घटना हुँदा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–१ स्थित कर्णाली नदीमा २४ मंसिरमा फुकोट जलविद्युत आयोजनाको जेसिबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव सशस्त्र प्रहरीका गोताखोरले फेला पारेका छन् ।

बेपत्ता भएकामध्ये सोही गाउँपालिका–१ बस्ने २० वर्षीय उमेश गिरीको शव २६ मंसिर र कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने २३ वर्षीय जेसिबीका चालक मंगल चुडारीको शव २७ मंसिरमा फेला परेको हो ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे हो । उनीहरूसँगै दुर्घटनामा हराइरहेका सोही गाउँपालिकाका १९ वर्षीय रक्तिम सार्कीकोे खोजी भइरहेको छ ।

२४ मंसिरमा सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश ३–०१–००३क ६७७४ नम्बरको जेसिबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटना हुँदा जेसिबीमा रहेका आठ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । दुर्घटनामा अरु तीन जना बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ५ : १० बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको