जग्गा विवादमा कुटपिट गरी भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ « Khabarhub

जग्गा विवादमा कुटपिट गरी भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्लाहीमा जग्गाको विषयमा विवाद हुँदा कुटपिट गरी भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् । सर्लाहीको चक्रघट्टा गाउँपालिका २ भेल्हीकी ७० वर्षीया सागर देवीको हत्या आरोपमा उनकै देवर ६५ वर्षीय पुकार रायलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जग्गा विवादमा आरोपित रायसहित उनका छोरा जितु भन्ने जितेन्द्र राय र बुहारी अनिता देवी रायसमेत मिलेर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । घटनामा संलग्न जितेन्द्र र अनिताको फरार रहेकाले खोजीकार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ५ : ३८ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित