प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरको भेटवार्ता « Khabarhub

प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरको भेटवार्ता


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा सत्ता गठबन्धनमा सहभागिता, निर्वाचनको परिणामलगायत मुलुकको समसामयिक विषयमा विचारविमर्श भएको अध्यक्ष ठाकुरले जानकारी दिए । उनले भने , “प्रधानमन्त्रीजीसँग भेटघाट भएको हो, समसामयिक विषयमा कुराकानी भएको छ, निर्वाचनपछि उहाँसँग भेटघाट गरेको हुँ ।”

अध्यक्ष ठाकुरले पार्टी गठबन्धनमै रहेकाले नयाँ सरकारमा सहभागी हुने विषयमा सकारात्मक रहेको उल्लेख गरे । उनले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धन रहनुपर्ने पक्षमा रहेको बताए ।

लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको उहाँले जानकारी दिए । उनले भने, “सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ । सत्तामा सहभागी हुनु ठूलो कुरा होइन, राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ ।”

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम भोलि बुधबार सार्वजनिक हुने र त्यसपछि नयाँ सरकार गठनका लागि दलहरूले पहलकदमी अघि बढाउने बुझिएको छ ।

सत्ता गठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाको कार्यकारिणी समितिको बैठक पुसको पहिलो साता बस्ने जनाइएको छ । लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : २५ बजे

मनसुन सक्रिय भएसँगै मल वितरण प्रभावकारी, १९ दिनमै ४० हजार ५६९ मेट्रिकटन आपूर्ति

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ तीव्र बनेको छ।

धान रोपाइँमा सुस्तता, असार २२ सम्म देशभर ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न

काठमाडौं– नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफावार छलफलका

अमेरिकी फुटबल स्टार बालोगुनको प्रतिबन्ध स्थगित, युइएफएद्वारा फिफाको आलोचना

लुसान- अमेरिकी फुटबल स्टार फोलारिन बालोगुनलाई रातो कार्डपछि स्वतः लाग्ने एक

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज– यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब ३० प्रतिशत