स्वास्थ्य सेवा सर्वसुलभ तथा गुणस्तरीय हुनुपर्छ : प्रधानमन्त्री देउवा « Khabarhub

स्वास्थ्य सेवा सर्वसुलभ तथा गुणस्तरीय हुनुपर्छ : प्रधानमन्त्री देउवा


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा विकासको मेरुदण्ड भएको बताएका छन् । उनले स्वास्थ्य सेवालाई समयको गतिसँगै थप चुस्त, सहज र सर्वसुलभ बनाउँदै अघि बढ्नुपर्ने खाँचो औँल्याए ।

स्वस्थ, तन्दुरुस्त र निरोगी नागरिकहरूबाट नै मुलुकको आर्थिक सामाजिक विकास सम्भव हुने बताउँदै प्रधानमन्त्री देउवाले स्वास्थ्य र शिक्षा मानव अधिकारसँग पनि जोडिएको विषय भएको हुँदा यस क्षेत्रको विकासलाई सरकारले विशेष प्राथमिकतामा राखेर कार्य गर्दै आएको अवगत गराए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एघारौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, “नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रूपमा व्यवस्था गरी आधारभूत स्वास्थ्य सेवा सबैलाई निःशुल्क र आकस्मिक सेवा सहज रूपमा उपलब्ध गराउने कुराको प्रत्याभूति गरेको छ । यस पृष्ठभूमिमा सम्पूर्ण नेपाली नागरिकहरूलाई गुणस्तरीय आधारभूत र आकस्मिक सुविधाहरू सहज र सुलभ रूपमा उपलब्ध गराउन सबै स्वास्थ्य प्रतिष्ठानहरू प्रतिबद्ध र क्रियाशील हुनुपर्दछ । साथै, स्वास्थ्य क्षेत्रमा विशिष्टीकृत सेवाहरू उपलब्ध गराउन समेत ध्यान दिन आवश्यक छ ।”

यस प्रतिष्ठानका उपकुलपतिले पेश गर्नुभएको कार्य प्रगति सुन्दा छोटो अवधिमै प्रतिष्ठानले उल्लेखनीय प्रगति हासिल गर्न सकेको उल्लेख गर्दै उनले काठमाण्डौँ उपत्यकाभित्र मात्र सीमित नरही प्रतिष्ठानले बर्दियाको राजापुरबाट स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षा प्रवाह गर्ने कार्यको थालनी गर्न लागेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए ।

प्रधानमन्त्री देउवाले प्रतिष्ठानले आफ्नो अस्पतालहरूमा समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी स्वास्थ्य सेवालाई नागरिकको माग र आवश्यकताअनुसार विस्तार गर्दै लगेकोमा खुसी व्यक्त गर्दै कोभिड १९ र डेङ्गुबाट सङ्क्रमितहरूको परीक्षण र उपचारमा प्रतिष्ठानले पु¥याएको योगदानको प्रशंसा गरे ।

“यो प्रतिष्ठानले आम जनसमुदायलाई पु¥याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप गुणस्तरीय, चुस्त र सेवाग्राहीमैत्री बनाई अस्पतालको सेवामा बढी भन्दा बढी जनताको पहुँच विस्तार गर्दै जान जरूरी छ । साथै, स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन, अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा प्रतिष्ठानले जोड दिनेछ भन्ने विश्वास लिएको छु”, उनले भने ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ३६ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि