हस्तकला मेला सम्पन्न : १० करोडको कारोबार « Khabarhub

हस्तकला मेला सम्पन्न : १० करोडको कारोबार


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल हस्तकला महासङ्घद्वारा आयोजित १९ औँ हस्तकला व्यापारमेला तथा १७ औँ हस्तकला प्रतियोगिता आज सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेलामा बिक्री तथा बुकिङसमेत गरी कूल रु १० करोड बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका संयोजक तथा महासङ्घ उपाध्यक्ष दिल्लीरत्न तुलाधरले जानकारी दिए ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेला समुद्घाटन गरेका थिए । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मेला अवलोकन गर्दै हस्तकला क्षेत्रमा योगदान पु¥याउने विभिन्न विशिष्ट व्यक्तित्वसहित हस्तकला प्रतियोगितामा पुरस्कृत कलाकारलाई सम्मान र पुरस्कार प्रदान गरे । ।

मन्त्री बडूले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उत्पादनमा वृद्धि, मुलुक विकास र समृद्धि विशेष अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै हस्तकला क्षेत्र यसको लक्ष्य प्राप्तिको माध्यम भएको धारणा राखे । उनले हस्तकला क्षेत्रका समस्या सम्बोधन गर्न सरकार तयार रहेको उल्लेख गर्दै व्यवसायीसँग सरकारी लक्ष्य प्राप्तीमा हातेमालो गर्न आग्रह पनि गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, वागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायत नेपाल सरकार र प्रदेश सरकारका विशिष्ठ व्यक्तिहरूले मेलाको अवलोकन गर्दै कलाकारको हौसला बढाएको महासङ्घले जनाएको छ ।

मेलामा १० ज्येष्ठ कलाकारलाई औषद्योउपचार खर्चसहित सम्मान गरिएको थियो भने महासङ्घको स्थापनाकालदेखि हालसम्म बहालवाला ज्येष्ठ ५० जना सदस्यलार्ई पनि सम्मान गरिएको थियो । कोभिड महामारीपछि हस्तकला व्यवसाय सङ्कटमा परे पनि मेलाले कलाकार र व्यवसायीलाई पुनर्जागरण गरेको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार हस्तकलाको निकासी विस्तारै लयमा फर्कन थालेको छ भने पर्यटक आगमनको वृद्धिसँगै आन्तरिक बजारमा पनि बिक्री हुन थालेको छ । सरकारले निकासी अनुदान तथा स्वदेशी वस्तु अनिवार्य खरिदसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सकेमा यो क्षेत्र आर्थिक विकासको मूलप्रवाह आउन सक्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : २३ बजे

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट

पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग

काठमाडौं- काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर