काभ्रे बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १८ पुग्यो, २१ घाइते « Khabarhub

काभ्रे बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १८ पुग्यो, २१ घाइते


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा आज साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् ।

गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी दिए । उनका अनुसार घाइते सबैलाई उपचारार्थ भर्खरै बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल पु¥याइएको छ ।

अस्पताल दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिएको थियो । अझै मृतकको पहिचान हुन सकेको छैन । गम्भीर प्रकृतिको घाइते भएकाले तत्काल रेफरको तयारी भइरहेको जनाइएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अध्यक्ष अधिकारीले बस तीव्र गतिमा रहेको थियो । बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना ग्रस्त भएको थियो । दुर्घटनामा मृत्यु भएकाको शव धुलिखेल अस्पतालमा लगिँदैछ ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको बेथानचोकमा चलालगणेशस्थानमा आज साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पु¥याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएका हुन् । प्रजिअ पाण्डेलाई थप स्रोतसाधन आवश्यक पर्ने भने मन्त्रालयमा लेखी पठाउन निर्देशनसमेत दिइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : ३२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन