युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ | Khabarhub Khabarhub

युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको राजविराज नगरपालिका–१० दिघवाबाट युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । स्थानीय चुल्हाइ दासका १९ वर्षीय छोरा राजकुमार दासलाई प्रहरीले ३५ बोरा मलसहित नियन्त्रणमा लिएको हो ।

उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्यमा लुकाइछिपाइ भण्डारण गरी बिक्री वितरण गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा किराना पसलमा नेपाल सरकारबाट अनुदानित रासायनिक मल अङ्कित खेती शक्ति मल लेखिएको ५० किलो युरिया मल र ३५ बोरा मलसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दासलाई पक्राउ गरी कालोबजारअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । पहिलोपटक सात दिनको म्याद थपसमेतको अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : ५१ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार