आणविक परीक्षणमा संलग्न उत्तर कोरियाका पाँच जनामाथि अमेरिकाको प्रतिबन्ध « Khabarhub

आणविक परीक्षणमा संलग्न उत्तर कोरियाका पाँच जनामाथि अमेरिकाको प्रतिबन्ध


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो ।

उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ । उसले परीक्षण गरेका मिसाईल आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने विज्ञहरुले बताउँदै आएका छन् ।

गत वर्षको सेप्टेम्बरदेखि अहिलेसम्म उत्तर कोरियाले ६ ओटा व्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले राष्ट्रसंघको संकल्प प्रस्ताव विपरित वारम्बार आणविक हतियार परीक्षण गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउदै आएको छ ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तरले आणविक परीक्षण गरेको भन्दै अमेरिकाले उसका कदमको विरोध गरेको छ । अमेरिकाले पछिल्लो पटक प्रतिबन्ध लगाएका व्यक्तिहरुमध्ये एक जना रसियामा रहेर उत्तर कोरियाका लागि आणविक हतियार ओसार पसार गर्ने कोरियाली रहेको अमेरिकाले दाबी गरेको छ ।

त्यस्तै, चार जना भने चीनमा रहेर उत्तरको आणविक गतिविधिलाई सहयोग गर्ने उत्तर कोरियाली रहेको जनाइएको छ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : २५ बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय