अमेरिकाको खोप नीतिविरुद्ध सर्वोच्च अदालतको आदेश « Khabarhub

अमेरिकाको खोप नीतिविरुद्ध सर्वोच्च अदालतको आदेश


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ । ठूला कम्पनीका कर्मचारीले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा आफ्नै खर्चमा कोभिड परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति बाइडेनको नीतिलाई सर्वोच्चले रोक लगाएको हो ।

कम्तीमा एक सय कर्मचारी रहेका कार्यलयमा सो नियम लागु गर्न बाइडेन प्रशासनले सम्बन्धित कार्यलयहरुलाई निर्देशन जारी गरेको थियो । सरकारको सो निर्देशनमा करिव आठ करोड ४० लाख कर्मचारी समेटिन्थे ।

सो नीति सरकारको क्षेत्राधिकार बाहिर भएको अदालतले ठहर गरेको छ । सर्वोच्चका नौ न्यायाधीशमध्ये ६ जनाले राष्ट्रपतिको नीतिविरुद्ध फैसला गरेका थिए ।

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अदालतको आदेशको स्वागत गर्दै खोप अनिवार्य लगाउनुपर्ने नीतिले अर्थतन्त्रलाई क्षति पुर्‍याउने बताएका छन् । ‘सर्वोच्चको पछिल्लो फैसलाको हामी सम्मान गर्छौ ।’

सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने बाइडेन प्रशासनको नीतिलाई भने अदालतले स्वीकृत जनाएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ८ : ०५ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन