माघीसँगै नयाँ वर्षको स्वागत गर्दै थारु समुदाय « Khabarhub

माघीसँगै नयाँ वर्षको स्वागत गर्दै थारु समुदाय


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – पश्चिम नेपालको तराईका थारु बस्तीमा माघी पर्वको रौनक छाएको छ । भोलि माघ १ गतेलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ ।

माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमा जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएको छ । माघीमा मघौटा, धमार झुम्रा नाचमा पनि रमाइन्छ ।

घरबाहिर रहेका सदस्यहरु पनि माघी मनाउन आइसकेका छन् । थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४४ सुरु हुँदैछ ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ का श्यामु चौधरीका अनुसार नयाँ वर्षमा ‘जीता’ (बंगुर)को मासु खाने प्रचलन छ । ‘नयाँ वर्षलाई स्वागत गर्न गाउँ वस्ती आसपास नदीमा सरसफाई पनि गरिएको छ,’ चौधरीले भने, ‘ठाउँठाउँमा मेला लाग्छ । तर, यो वर्ष कोभिड संक्रमणका कारण मेलाको रौनक छैन ।

खानपिन संस्कृति

माघीमा बंगुरको, माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकार खाने गरिन्छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको कैलारी गाउँपालिका-५ का चन्द्र बहादुर चौधरीले बताए ।

थारु अगुवा माघव चौधरीका अनुसार ‘जीता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । याे आज राति हुन्छ । यो नाच दाङबाट कैलाली बसाइँ सरेका थारु समुदायले भित्र्याएका हुन् । अन्यत्रबाट आएका थारु समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्छन् ।

भल्मन्सा, गुरुवा चयन गरिँदै

थारु समुदायमा भल्मन्सा (गाउँका मुखिया), गुरुवा(धामीझाक्री) र चिरागी (कटवाल) पनि चयन गरिन्छ । गाउँमा सडक ममर्तदेखि सार्वजनिक कार्यक्रम, खोप कार्यक्रम लगायतको जानकारी चिरागीमार्फत दिइन्छ । सामाजिक काममा भल्मन्साको रोहबरमा निर्णय हुन्छ । ससाना विवाद पनि यही टिमले समाधान गर्छ ।

माघीको दोस्रो दिन २ माघमा गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यस दिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ८ : १५ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने